दक्षिण कोरियाली अटो निर्माता कम्पनी कियाको सब–कम्प्याक्ट एसयुभी ‘सोनेट’ नेपाली बजारमा सार्वजनिक भएको छ भने बिक्री प्रारम्भ पनि आजै बाट सुरु गरिएको छ । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो एसयुभी नेपाली बजारमा भित्र्याएको हो । किया कम्पनीले सोनेटका तीनवटा अप्सन एचटिई, एचटिकेप्लस एटी र एचटिएक्स नेपाली बजारमा बिक्री सुरु गरेको हो । कम्पनीले केहीअघि सोनेटको प्रि–बुकिङ खुल्ला समेत गरेको थियो ।
किया कम्पनीले त्यसैगरी फुल अस्पन जिटिएक्सप्लस पनि नेपाली बजारमा प्रस्तुत गरेको छ जसको मुल्य ५७ लाख ९० हजार तोकिएको छ । सो कारमा ६ वटा एयरब्याग र इएससी/भिएसडब्लू/एचएसी, हाइलाइन टिपिएमएस, बिओएसई प्रिमियम ७ स्पिकर सिस्टम, १०.२५ एचडी टचस्क्रिन, कुलिङसहितको वायरलेस फोन चार्जर, आवाज पहिचान गर्ने ‘हेल्लो किया’, पूर्ण लेदरको सिट तथा डोर प्यानल (कालो) र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट पनि रहेका छन् ।
त्यसैगरी सो गाडीमा भाइरस प्रोटेक्सन सहितको स्मार्ट प्योर एयर प्युरिफायर, रेड क्याप सहितको आर१६ क्रिस्टल अलो ह्विल, एलइडी साउन्ड मुड ल्याम्प, फ्रन्ट पार्किङ सेन्सर, हाई ग्लोस, ब्ल्याक फिनिस एसी भेन्ट्स गार्निस, टर्बो सेप्ड मस्कुलिन स्किड प्लेट, बेल्ट लाइन–क्रोम, स्पोर्टी अलो पेडल्स, एडभान्स्ड १०.६७ सेमी कलर इन्स्ट्रूमेन्ट क्लस्टर, अटो एन्टिग्लेर रियर भ्यू मिरर, स्मार्टवाच कनेक्टिभिटी र जिटीलाइन रेड प्याकेज जस्ता विशेषताहरु रहेका छन् ।
समग्र उचाइ ५ फिट ४
इन्च रहेको सोनेटको समग्र लम्बाइ १३ फिट १
इन्च रहेको छ । त्यसैगरी,
चौडाइ ५ फिट ८
इन्च र ह्विलबेस ८
फिट २ इन्च रहेको
कम्पनीले जनाएको छ । यसको
ग्राउन्ड क्लियरेन्स ७ इन्च (२११
मिलिमिटर) र बुट स्पेस
३९२ लिटरको छ । सोनेट कियाको भारतस्थित प्लान्टमा निर्मित दोस्रो एसयुभी
हो । यसअघि कन्टिनेन्टलले कियाको भारतीय प्लान्टमै निर्मित सेल्टोस नेपाली बजारमा ल्याएको
थियो ।
PREVIOUS NEWS