Home / Blogs / किया सोनेट अब नेपाली बजारमा
  • Latest Cars
  • 0

किया सोनेट अब नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

किया सोनेटको अब नेपाली बजारमा बिक्री सुरु हुने भएको छ । नेपालका लागि किया मोटर्सको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यसको बुकिङ खुल्ला गरेको छ । गत शुक्रबारबाट भारतमा बिक्री सुरु भएको सोनेटको हिजोबाट नेपालमा पनि बुकिङ खुल्ला गरिएको छ । हालै कम्पनीले नेपाली बजारका लागि सोनेटको मूल्य समेत सार्वजनिक गरेको छ । सो कार विभिन्न ४ भेरिएन्टमा उपलब्ध छ  ।जसमा एचटीइ, एचटीके, एचटीके प्लस र जिटी लाइन भेरियन्ट हुनेछन  ।


कियाको आधिकारीक वितरक कन्टीनेन्टल्स ट्रेडिङले सो एसयूभी नेपालमा विभिन्न ४ भेरिएन्टमा उपलब्ध गराएको छ भने सोनेटको एचटीइ भेरियन्टको मूल्य ३५ लाख ९० हजार, एचटीप्लस अटोमेटिक भेरियन्टको मूल्य ४९ लाख ९० हजार तोकेको छ भने डिजेल इन्जिन युक्त एचटीएक्स भेरियन्टको मूल्य ४७ लाख ९० हजार रुपैयाँ तोकेको छ । कम्पनीले डिजेल इन्जिन युक्त जिटिएक्स भेरियन्टको मूल्य ५७ लाख ९० हजार निर्धारण गरेको जनाएको छ । सो कार हरु १.२ लिटर पेट्रोल इन्जिनमा र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछन् । 


किया सोनेटले हाल नेपाली बजारमा प्रचलित हुन्डाई भेन्यु देखि सुजुकी भिटारा ब्रेजा र महिन्द्रा एक्सयूभी ३०० सँग कडा प्रतिस्पर्धा गर्नेछ यस्तोमा किया सोनेटको टप भेरियन्टमा उपलब्ध फिचरहरुमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, यूभिओ कनेक्ट सिस्टम, एआई वेस भ्वइस रिकग्नेसन अपडेट, वायरलेस मोवाइल चार्जर जस्ता विशेषता रहेका छन् । किया सोनेटमा एलईडी हेडलाइटका साथ एलईडी डीआरएल छ, जुन साइड इन्डिकेटरसँग इन्टिग्रेटेड छ । एलईडी हेडलाइटलाई कियाले क्राउज ज्वेल भन्ने गरेको छ । यसमा टर्बो आकारको फ्रन्ट सिक्ड प्लेट समेत छ ।


यस्तोमा किया सोनेट एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम उपलब्ध छ । त्यसैगरी यसमा बोसको ७ स्पिकर सिस्टम, इलेक्ट्रिक सनरुफ, फ्रन्ट भेन्टिलेटेड सिट छन् । सो कारलाई स्मार्टवाचसँग कनेक्ट गर्न पनि सकिन्छ । यसको ड्यासबोर्ड धेरै हद सम्म किया सेल्टोस जस्तै छ, जसमा युभिओ कनेक्टिभिटीको विकल्प उपलब्ध हुनेछ । स्टायडर्ड भेरियन्टमा २ एयरव्याग रहेको सोनेटको टप भेरियन्टमा ६ वटासम्म एयरव्याग, साथ एबीएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सेन्सर, अटो हेडलाइट, ब्रेक असिष्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता आधुनिक फिचर उपलब्ध हुने छन् ।


Our latest comments