Home / Blogs / फर्मुला १५० स्कुटर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
  • Latest Scooters
  • 0

फर्मुला १५० स्कुटर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

नेपालका लागि क्रसफायर मोटरसाइकल तथा इटालीका मोटोको आधिकारिक विक्रेता क्लासीक ह्वील एक्सर्पोट एण्ड इम्र्पोटले नेपाली बजारमा फर्मुला १५० स्पोर्टस स्कुटर सार्वजनिक गरेको छ । हालै सार्वजनिक भएको स्कुटर फर्मुला १५० पावरफुल इन्जिनका साथ स्पोर्टी डिजाइनमा भित्रिएको कम्पनीले जनाएको छ । क्लासीक ह्वील एक्सर्पोट एण्ड इम्र्पोटले यसको बुकिङसमेत खुल्ला भइसकेको जनाएको छ ।   


फर्मुला १५० मा १४९.५ सीसी इन्जिन दिइएको छ जुन इन्जिनले ११.५ बीएच पावर मात्र ७००० आरपीएममा जेनेरे गर्छ भने यसले ११ एनएम टर्क मात्र ५५०० आरपीएममा जेनेरेट गर्दछ । यसको दुवै ह्वीलमा हाइड्रोलिक डिस्क ब्रेक दिइएको छ । यो स्कुटरको फ्रन्टमा टेलीस्कोपीक सस्पेन्सन र रियरमा स्वीङ आर्म सस्पेन्सन दिइएको छ । यसको लम्बाई १८३५ एमएम, चौडाई ६८० एमएम, उचाई १०९५ एमएम, १३१० एमएम ह्वीलवेस र १४५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । स्कुटरको तौल जम्मा १०९ केजी रहेको  छ भने सो स्कुटरमा ६ लिटरको इन्धन ट्यांकी दिइएको छ ।


इटालीका मोटोको फर्मुला स्पोर्टस स्कुटरमा फुल डिजिटल इन्स्टुमेन्ट क्लस्टर, ओडोमिटर, स्पीडोमिटर, ट्रीपमिटर, फ्युल लेभल, क्लक जस्ता फिचर दिइएको छ । यसको फ्रन्टमा एग्रेसीभ भी–सेप प्रोजेक्टर एलइडी हेडल्याम्प यसैगरी यसमा डाइनामिक डिजाइन, टर्न इन्डिकेटर, फेन्सी रियर भ्यू मिरर जस्ता अन्य फिचरहरु पनि उपलब्ध छन । यसमा कम्र्फटेवल ह्यान्डलवार र वाइडर अलोय ह्वील पनि दिइएको छ । यो स्कुटरमा प्रयोग गरिएको सबै लाइट एलइडी रहेको कम्पनीले जनाएको छ । 


फर्मुला १५० स्पोर्टस् स्कुटरको नेपाली बजार मूल्य ३ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ । सो स्कुटर खरिद गर्दा ग्राहकले १० हजार नगद छुट पाउनुका साथै निःशुल्क हेलमेट, चेष्टगार्ड तथा पन्जा प्राप्त गर्ने कम्पनीले जनाएको छ । सो स्कुटरले नेपाली बजारमा इटालीयको अर्को ब्रान्ड भेष्पासँग प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments