हुन्डाईले आफ्नो पछिल्लो ब्राण्ड न्यू मोडल अउरा आगामी जनवरी २१ बाट बजारमा बिक्री सुरु गर्ने भएको छ । हुन्डाई अउरा आगामी जनवरी २१ मा भारतमा लन्च गरिने भएको छ । सो कार पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध हुनेछ । कम्पनीले यसलाई चार मिटर भन्दा कम लम्बाई भएको सेग्मेन्ट कम्प्याक्ट सेडान क्याटगोरीमा बजारमा उतार्न लागेको हो ।
सो कारको डिजाइन मोडर्न र युथफुल रहेको छ जसमा हुन्डाई एक्ससेन्ट भन्दा बढी स्पेस रहेको छ । आफ्नै नयाँ मोडल ग्रान्ड आई १० नियोसबाट प्रभावित रहेको यो मोडलले डिजाइन, लुक्स तथा मूल्यको आधारमा मारुती सुजुकी स्विफ्ट डिजायर र होन्डा अमेजसँग प्रतिस्पर्धा गर्ने छ । कम्पनीले सो कारको मूल्य सार्वजनिक गरेको छैन । अनुमानित रिपोर्ट अनुसार सो कारको मूल्य ६ लाख देखि ९ लाख भारु हुने सम्भावना रहेको छ ।
सो कारमा ३ इन्जिन अप्सन रहेको छ । १.२ लिटर एमपीआई पेट्रोल इन्जिनले करिब ८२ बीएचपीको पावर र ११.६ किलोग्रामको टर्क जेनेरेट गर्छ । १.२ लिटर इको टर्क डिजेल इन्जिनले करिब ७४ बीएचपीको पावर र १९.४ किलोग्रामको टर्क जेनेरेट गर्छ । कम्पनीले सो कारमा ५ स्पिड म्यानुअलको साथमा एएमटी ट्रान्समिशनको विकल्प पनि दिएको छ । सो कारमा १.० लिटरको टर्बाेचाज्र्ड इन्जिन जडान गरिएको छ । सो इन्जिनले करिब ९९ बीएचपीको पावर र १७.५ किलोग्रामको टर्क जेनेरेट गर्छ ।
पेट्रोल र डिजेल दुबै अप्सनमा उपलब्ध हुने अउरामा १.० टर्बो जिडिआई कपा डियुल भीटीभीटी पेट्रोल इन्जिनको अलवा १.२ कपा डियुल भीटीभीटी पेट्रोल र १.२ यू२ सिआरडीआई डिजेल इन्जिन दिइएको छ । यसमा दिइएको १.२ लिटर पेट्रोल इन्जिनमा ५ स्पीड म्यानुयल र अटोमेटिक, १.० लिटर पेट्रोलमा म्यानुयल र १.२ लिटर डिजेलमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्सको विकल्प दिइएको छ । सो इन्जिनको साथमा म्यानुअल ट्रान्समिशन मात्र उपलब्ध रहेको छ ।
कम्पनीले कारको इन्टेरियरको बारेमा केही जानकारी दिएको छैन । रिपोर्टका अनुसार अउरामा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ । सो कारमा वायरलेस चार्जर, प्रोजेक्टर हेड फग ल्याम्प, रियर भ्यु मनिटर जस्ता फिचर रहेको छ । सो कारको मारुती सुजुकी डिजायर, होन्डा अमेज, टाटा टिगोर, फोर्ड एस्पायर जस्ता कारसँग प्रतिस्पर्धा हुनेछ ।