नेपालका लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कम्पनीको इन्ट्री लेभल ह्याचव्याक सेन्ट्रोको मूल्य बढाएको छ । कम्पनीले सेन्ट्रो इरा, सेन्ट्रो मग्ना, सेन्ट्रो स्पोर्टज्, सेन्ट्रो मग्ना एएमटी र सेन्ट्रो आस्टा गरी हुन्डाई सेन्ट्रो ५ भेरियन्ट नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले सेन्ट्रोको इरा, मग्ना र स्पोर्टज् भेरियन्टको मुल्य बढाएको छ भने सेन्ट्रोको मग्ना एएमटी र आस्टा भेरियन्टको मूल्य भने परिवर्तन गरेको छैन । अत्याधुनिक, ठूलो, फराकिलो, स्टाइलिस, आनन्ददायी र नवीनतम प्रविधिमा सो कार नेपाली बजारमा पाउन सकिन्छ ।
हुन्डाई सेन्ट्रोमा १.१ लिटर, फोर–सिलिन्डर इञ्जिन दिइएको छ जुन इञ्जिनले ६९ बीएचपी र ९९ एनएम–टर्क उत्पन्न गर्दछ । यसको पेट्रोल इञ्जिनमा फाइभ–स्पीड म्यानूअल र न्यू अप्सनल फाइभ–स्पीड एएमटी गिएरबक्स दिइएको छ । सो कारमा हलोगेन हेडल्याम्प, वाइड ग्रील, फोगल्याम्प, स्टील ह्वील, हवक्याप तथा रियर साइडमा मिड–सेट टेलल्याम्प दिइएको छ । यसकासाथै यसमा ७ इञ्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले र एन्ड्रोइड अटोजस्ता फिचरहरु रहेका छन् ।
सुरक्षाका लागि हुन्डाई सेन्ट्रोमा इम्मोबिलाइजर, सेन्ट्रल लकिङ, फ्रन्ट फग ल्याम्प, रियर डिफगर, डे÷नाइट इन्साइड रियर भ्यु मिरर, पार्किङ असिस्ट्यान्ट सिस्टमहरु पार्किङ सेन्सर, अडियोसहितको रियर क्यामरा, ड्राइभर र पेसेन्जर दुवैका लागि एयरब्याग, सिटबेल्ट, एन्टिलक ब्रेकिङ सिस्टम, ईबीडी, स्पिड सेन्सिङ अटो डोर लक, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक र चाइल्ड सेफ्टी डोरलक व्यवस्था गरिएको छ । हुन्डाई स्यान्ट्रो कम्पनीकै अल न्यू के–१ प्लेटफर्ममा निर्मित भएको एक सफल गाडी हो ।
यस्तो छ हुन्डाई सेन्ट्रोको भेरियन्ट अनुसारको नयाँ मुल्य:
मोडल | इन्धन | इन्जिन क्षमता | नयाँ मुल्य |
हुन्डाई सेन्ट्रो इरा | पेट्रोल | १०८६ सिसी | रु. २५,५६,००० |
हुन्डाई सेन्ट्रो मग्ना | पेट्रोल | १०८६ सिसी | रु. २७,५६,००० |
हुन्डाई सेन्ट्रो स्पोर्टज् | पेट्रोल | १०८६ सिसी | रु. २९,९६,००० |
हुन्डाई सेन्ट्रो मग्ना एएमटी | पेट्रोल | १०८६ सिसी | रु. ३०,५६,००० |
हुन्डाई सेन्ट्रो आस्टा | पेट्रोल | १०८६ सिसी | रु. ३२,२६,००० |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।