Home / Blogs / हुन्डाईको 'ग्राण्ड आई टेन नियोस' नेपाली बजारमा सार्वजनिक
  • Upcoming Cars
  • 0

हुन्डाईको 'ग्राण्ड आई टेन नियोस' नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

हुन्डाईको ग्राण्ड आई टेन नियोस नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्रान्ड आई टेन नियोसलाई डिजिटल समारोहद्वारा सार्वजनिक गरेको हो । हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सब भन्दा मनपर्ने र प्रशंसा गरिएको कार मध्ये एक हो ।  हुन्डाई ग्राण्ड आई टेन नियोस कप्पा डुअल भिटिभिटि टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ । 


हुन्डार्ईले स्टाइलिस र थप विशेषताहरु सहित  ग्रान्ड आई टेन नियोस नेपाली बजारमा ल्याएको हो  । यसले ६ हजार आरपिएममा ८३ पिएस पावर जेनेरेट गर्छ। ग्राण्ड आई टेन नियोसले ५ म्यानुअल र स्मार्ट अटो दुबै किसिमको ट्रान्समिसनमामा उपलब्ध छ । हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लसी ब्ल्याक रेडिएटर ग्रिल, बुमर्याङ्ग आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्चको अलाए ह्विल पाउन सकिन्छ ।


हुन्डाई ग्रान्ड आई टेन नियोसमा ग्लोसी ब्ल्याक रेडिएटर ग्रिल, बुम¥याङ आकारको एलईडी डीआरएल, स्टाइलिस टेल ल्याम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्च अलोय ह्विल्स पाउन सकिन्छ । सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्रान्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र अक्वा टिल जस्ता रङहरुमा उपलब्ध छ । यसमा एप्पल कार प्ले, एन्ड्रोइड अटो र बेस्ट इन सेग्मेन्ट टच स्क्रिन इन्फोटिनमेन्टका साथै रियर एसी भेन्ट जस्ता फिचर्स समावेस छन् ।


सुरक्षित यात्राको निम्ति भने हुन्डाईले नियोसमा बलियो बडी स्ट्रक्चर, फ्रन्ट ड्य्ुअल एयरब्याग, सेन्सर भएको रियर पार्किङ क्यामेरा, ईबीडीका साथ एबीएस र ड्राइभर रियर भ्यु मोनिटर प्रस्तुत गरेको छ । यो गाडीको सुरुवाती मूल्यकायम गरिएको कम्पनीले जनाएको छ। ३ लाख ९६ हजार कायम गरिएको कम्पनीले जनाएको छ। हुन्डाई ग्रान्ड आई टेन नियोसले नेपाली बजारमा आफनो छुट्टै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको बताएको छ ।

Our latest comments