Home / Blogs / हुन्डाई क्रेटाको स्पोर्ट भेरियन्ट अब नेपाल आउने
  • Upcoming Cars
  • 0

हुन्डाई क्रेटाको स्पोर्ट भेरियन्ट अब नेपाल आउने

Nepal Auto Trader

Share this News

image

हुन्डाईले २०२० को अटो एक्सपोमा अल न्यू क्रेटा सार्वजनिक गर्ने अनुमान गरिएको छ । तर त्यो भन्दा पहिले नेपाली बजारमा कम्पनीले क्रेटाको स्पोर्ट भर्सन सार्वजनिक गर्ने भएको हो । 

क्रेटा स्पोर्टमा अल–ब्ल्याक हेग्जागोलन ग्रिल, ब्ल्याक रुफ रेल, अल ब्ल्याक १७ इन्च अलोय ह्वीललगायत विशेषता रहेका छन् । यो गाडीमा नयाँ ब्लूमिडिया इन्फोटेनमेन्ट सिस्टम दिइएको छ जसले डिजिटल टिभी, एन्ड्रोइड अटो, एप्पल कारप्ले जस्ता फिचर सपोर्ट गर्ने बताइएको छ । 

क्रेटा स्पोर्टमा ठूलो क्रोम लाइन्ड ग्रिल, अघिल्लो भागको फग ल्याम्पको लागि छुट्टै हाउजिङ सहितको फ्रन्ट बम्पर, नयाँ ब्ल्याक चिन र अलिकति फरक रियर बम्पर छ । यद्यपि यसको इन्टेरियरमा भने धेरै परिवर्तन गरिएको छैन । ड्यासबोर्ड डिजाइन पनि उही छ ।

दक्षिण एसिया बाहेक अन्य बजारमा उपलब्ध क्रेटा स्पोर्ट २.० लिटर डि–भीभीटी १६भी फ्लिक्स–फ्युल पेट्रोल इन्जिनमा अन्तर्राष्ट्रिय बजरामा उपलब्ध रहेको छ । यसले १५६ एचपी पावर र १८७ एनएम टर्क जेनेरेट गर्छ । 

यो गाडीमा इथानोल समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । इथानोल प्रयोग गर्दा यो गाडीले १ सय ६६ एचपी पावर र २ सय १० एनएम टर्क दिन्छ । क्रेटा स्पोर्टमा ६ स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ ।

चालकको ध्यान अन्यत्र नमोड्नका लागि यसमा भएको ब्लुटुथ कार चलाउने बेलामा प्रयोग गर्न सकिदैन । सुरक्षाका लागि यसमा एयरब्याग, एबीएस र ईबीडी, हिल एसिष्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल आदि छन् ।

यसको अघिल्लो भागमा राखिएको विशेष स्थानमा स्मार्ट फोन राख्ना साथ चार्ज हुन्छ । यद्यपि यसका लागि वायरलेस चार्जिङ एप्लिकेसन भएको स्मार्टफोन हुनु आवश्यक छ । सामान्य स्मार्टफोनमा भने डाटा केबुलबाट चार्ज गर्न सकिन्छ ।

पहिले भन्दा नयाँ अर्थात फेसलिफ्ट भर्सनको बाहिरी भागमा नयाँपन दिइएको छ । अगाडिको ग्रिलमा बोल्ड क्यासेड डिजाइन गरिएको छ । प्रोजेक्टर हेडलाइटको डिजाइन परिवर्तन गरिनुका साथै थप फराकिलो स्थानमा र टाढा सम्म प्रकाश फाल्न सक्ने व्यवस्था गरिएको छ ।



Our latest comments