बेनेली कम्पनीले ४०० सीसी इन्जिन क्षमता भएको ‘इम्पीरियल ४००’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।
यो बाइकले ४०० सीसी इन्जिन क्षमता रहेको बजाजको डोमिनारसँग प्रतिस्पर्धा गर्ने अनुमान सुरु भएको छ । बेनेली कम्पनीले २०२० को अन्तिममा इम्पीरियल ४०० सार्वजनिक गर्ने जनाएको छ ।
यो बाइकमा ३७३ सीसी इन्जिन क्षमताको एयर कुल्ड, एसओएचसी, सिंगल सिलिन्डर इन्जिन दिइएको छ । यो इन्जिनले ५,५०० आरपीएम पावरमा १९.७ एचपी र ३५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ ।
यसमा फ्युल इजेक्टशन इन्जिन ५ स्पिड ट्रान्समिनको विशेषता दिइएको छ । इम्पेरियल ४००मा ट्युबर स्टील, डबल क्रेडल फ्रेम तथा ४१ मिलीमिटरको टेलेस्कोपिक फर्क तथा ट्वीन शक एब्जार्बसजस्ता फिचर दिइएको छ । बेनेली इम्पेरियल ४०० नेपालमा रोयल इन्फिल्ड क्लासिक ३५० र क्लासिक ५०० सँग प्रतिस्पर्धा गर्नको लागि बजारमा भित्र्याइदैछ ।
विश्व बजारमा रोयल इन्फिल्ड अर्थात बुलेटसँग प्रतिस्पर्धा गर्नको लागि बजारमा धेरै बाइकहरु भित्रिए तर बुलेट बाइकको सानलाई अन्य कुनै बाइकले पनि डगमगाउन सकेन । यद्यपि पछिल्लो समयमा भने बुलेट बाइकलाई टक्कर दिनको लागि नयाँ नयाँ बाइकहरु आउने क्रममा छन् । यी बाइकले भने बुलेट बाइकको राजलाई केही प्रभावित गर्न सक्ने अनुमान गरिएको छ ।