होन्डा टु–ह्बीलर्सले आफ्नो नयाँ इलेक्ट्रीक स्कुटर पिसिएक्सलाई प्रदर्शन गरेको छ। इलेक्ट्रीक सवारी निर्माणमा पछिल्ला दिन सबै सवारीसाधन निर्माता लागेको समयमा कम्पनीले एसियाली बजारलाई हेरर यो स्कुटर निर्माण गर्न लागेको जनाएको छ । कम्पनीले यो स्कुटरमा निकै शक्तीशाली मोटर दिने जनाएको छ । यसमा प्रयोग हुने व्याट्री निकाल्न र राख्न सजिलै सकिने छ । यसको व्याट्रीलाई एउटा पावर हाउसको रुपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसलाइ होन्डाले मोवाइल पावर बैंक नामाकरण गरेको छ ।
यस स्कुटरमा लिथियम इआन व्याट्री प्रयोग हुने छ, जुन लामो समयसम्म ब्याकअप दिने र छोटो समयमा चार्ज हुने विशेषता रहेको ब्याट्री हो । यो स्कुटरलाई कम्पनीले यसअघि लस एन्जलसमा भएको सीइएस् शोमा पनि प्रर्दशनमा राखिएको थियो । यसमा कम्पनिले ०.९८ किलोवाट क्षमताको मोटर प्रयोग गरेको छ । यो मोटरलाई रिमुभएवल लिथिएम इआन व्याट्रीले कम प्रसर गर्ने छ ।
पीसीएक्स-१५० मा फ्रन्ट एन्डको साथै, फुल हेडल्याम्प भर्टिकल एलईडी टर्न सिग्नल्स दिइएको छ । म्याक्सी स्कुटर पीसीएक्स १५० डिजिटल क्लस्टरसहित सार्वजनिक भएको हो । यसमा २५ लिटर अन्डरसिट स्टोरेज, रेस्ड हेडलबरा र मोबाइल चार्जिङ १२ भोल्टको चार्जिङ सकेट लगाइएको छ ।
होन्डा १५० मा १४-८ स्पोक ह्वील १००/८० सेक्सशः फ्रन्ट र १२०/७० सेक्सनको रियर टायर लगाइएको छ । यसमा २२० मिलिमिटर फ्रन्ट डिस्क ब्रेक तथा १३० मिलिमिटर रियर ब्रेक ड्रम लगाइएको छ । गाडीमा सिंगल च्यानल एबीएस सुविधा दिइएको छ, सेफ्टी फिचरअन्तर्गत एन्टी थेप अलार्म, आन्सर ब्रेक सिस्टमजस्ता स्मार्ट सिस्टम लगाइएको छ । स्कुटरको ग्राउन्ड क्लियरेन्स १३७ मिलिमिटर रहेको छ ।
होन्डा पीसीएक्स १५० मा १४९ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इञ्जिन दिइएको छ । जसले ८५ सय आरपीएममा १४.३ बीएचपी पावर उत्पादन गर्छ भने, ६५ सय आरपीएममा १३.६ एनएमटर्क उत्पादन गर्छ । सालको सुरुवातमा अमेरिकी बजारमा २०१८ होन्डा पीसीएक्स लञ्च गरेको थियो । एबीएस भर्जनको मूल्य ३ हजार, ६९९ अमेरिकी डलर रहेको छ । यो मोडल नेपालमा चाँडै सार्वजनिक हुने अनुमान गरिएको छ ।
PREVIOUS NEWS