Home / Blogs / नेपाली बजारमा इलेक्ट्रीक कार ‘ज्याज’ ल्याउँदै होन्डा
  • Upcoming Cars
  • 0

नेपाली बजारमा इलेक्ट्रीक कार ‘ज्याज’ ल्याउँदै होन्डा

Nepal Auto Trader

Share this News

image

होन्डाले नेपाली बजारमा इलेक्ट्रीक कार ज्याज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले २०२० को सुरुवातामा बजारमा आउने इलेक्ट्रीक कार ज्याजमा फास्ट चार्जिङको सुविधा दिएको छ ।  नेपालमा भित्रिने होण्डा ज्याज तेस्रो जेनेरेशनको फेमिली हृयाचब्याक कार हो ।

होण्डा ज्याज विश्वभर सर्वाधिक मन पराइएको कार हो । विश्वका ७५ देशमा ५५ लाखभन्दा बढी ज्याज बिक्री भइसकेको कम्पनीले जनाएको छ । ज्याजको पहिलो जेनेरेशन सन् २००१ मा बजारमा आएको थियो ।

यसको नेपाली मूल्य करिब २५ लाख रुपैयाँ हाराहारीमा पर्ने अनुमान गरिएको छ । यसले बजारमा टाटा टिगोर, महिन्द्रा इभेरिटो जस्ता इलेक्ट्रीक कारसँग प्रतिस्पर्धा गर्ने छ । 

यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । यसको अलवा ज्याजमा लिड टेल लाइट एन्ड स्टप ल्याम, रियर माइक्रो एन्टेना, १५ इञ्जको टायर, स्टाइलिस फग लाइट, स्लिक टर्न इन्डिकेटर्स अन डोर मिरर, स्पोर्टी एन्ड प्रिमियम डिजाइन लगायतका विशेषता रहेका छन् ।

टोकियो मोटर शोमा सार्वजनिक भएको ज्याजको परिमार्जित भर्सन हो, ज्याज इभी । कम्पनीले यसको फ्रन्ट राइट एप्रोनमा चार्जिङ पोर्ट लगाएको छ । स्पोर्टी लुकमा निर्माण भएको यो कार २० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ ।  

यसम रेगुलर मोडलको तुलनामा बढी स्पेस रहेको दिइएको छ । यसमा उपलब्ध २० किलोवाटको लिथियम आयन ब्याट्रीले करिब १२० पीएस पावर र २५० एनएम टर्क बराबरको शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ । फुल चार्जमा ६ घन्टासम्म चल्ने कम्पनीले जनाएको छ । 

यसमा एडभान्स इन्टेरियर डिजाइन गरिएको छ । टचस्कि्रन कन्ट्रोल प्यानलसहितको अटो एसी, पाँच इञ्चे डिस्प्लेसहितको एडभान्स इन्टिग्रेटेड अडियो, रियर पार्कीङ क्यामेरा लगायतका विशेषताले ज्याज सुसज्जित रहेको छ । नेपालमा होण्डा गाडी तथा मोटरसाइकल स्याकार ट्रेडिङ प्रालीले बिक्री वितरण गर्दै आएको छ ।







Our latest comments