नेपाली बजारमा होन्डा ग्राजिया बीएस ६ स्कुटर सार्वजनिक भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले औपचारिक रुपमा यसको बिक्री प्रारम्भ भएको पनि जनाएको छ । ग्राजिया बीएस ६ भर्सनमा ग्राफिकसहित अरु केही सामान्य परिर्वतन गरेर बजारमा उतारेको कम्पनिले जनाएको छ । पछिल्लो समय ग्राजियाको आकर्षक लुक्स, इन्जिन क्षमता लगायत विशेषताले धेरैको रोजाइमा पर्न थालेको देखिन्छ ।
होन्डा ग्राजियामा १२४ सीसी, सिंगल सिलिन्डर, एफआई, फ्यान कुल्ड इन्जिन रहेको छ जुन इन्जिनले ६००० आरपीएममा ८ बीएच पावर तथा ५००० आरपीएममा १०.३ अधिकतम टर्क जेनेरेट गर्दछ । १०८ किलोग्राम तौल भएको सो स्कुटरमा ५.३ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसमा ११६७ एमएमको सिट हाइट रहेको छ । यसले ५४ किलोमिटर प्रितिलिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । सो स्कुटरको फ्रन्टमा टेलिस्कोपीक र रियरमा थ्री स्टेप एड्जष्टएबल स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्सन रहेको छ ।
होन्डा ग्राजियामा नयाँ एलइडी हेडल्याम्प तथा टेलल्याम्प पाउन सकिन्छ भने यसमा अल न्यू डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ जसमा रियल टाइम माइलेज, ट्रिप मिटर, एभरेज माइलेज जस्ता फिचर थप गरिएको छ । सो स्कुटरमा साइड स्ट्याण्ड इन्डिकेटर, इन्जिन कट अफ जस्ता स्मार्ट प्रविधि पनि समाबेश छन । पहिलेभन्दा बढी ग्राउण्ड क्लियरेन्स र जेट इन्सपायर रियर विङकर्स पनि सो स्कुटरमा पाउन सकिन्छ । १२५ सीसी होन्डा इको टेक्नोलोजी प्रयोग गरिएको सो स्कुटरमा ट्युबलेस टायर र अलोय ह्विल रहेको छ ।
होन्डा ग्राजिया दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । कम्पनीले ड्रम ब्रेक भएको भेरियन्टको मूल्य २ लाख ६९ हजार ९०० र डिस्क भेरियन्टको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकेको छ । हाल् उपलब्ध बीएस ४ इन्जिनयुक्त ग्राजियाको ड्रम भेरियन्टको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ र डीएसएसको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ । होन्डा ग्राजियाको नेपाली बजारमा सिधा प्रतिस्पर्धा टीभीएस एनटर्कसँग हुने अनुमान गरिएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।