Home / Blogs / होन्डाको टु ह्विलर ग्राजिया अपग्रेड भर्सनमा सार्वजनिक हुँदै
  • Upcoming Bikes
  • 0

होन्डाको टु ह्विलर ग्राजिया अपग्रेड भर्सनमा सार्वजनिक हुँदै

Nepal Auto Trader

Share this News

image

अप्रिल २१, २०२० मा बीएस६ एमिसन नर्म्स लागू भए पछि सबै अटोमोबाइल कम्पनीले बीएस६ इन्जिनमा परिवर्तन गरेको थियो । होन्डाले पनि आफ्नो अधिकांश बाइकहरु बीएस६ इन्जिनमा परिवर्तन गरेको छ । तर कम्पनीले होन्डा ग्राजिया स्कुटरलाई भने बीएस६ इन्जिनमा परिवर्तन गरेन ।

केही दिन अगाडि कम्पनीले एउटा स्कुटरको टिजर सार्वजनिक गरेको थियो । सो टिजरमा स्कुटरको बारेमा केही पनि प्रष्ट जानकारी दिइएको छैन । तर यसमा सो स्कुटर होन्डाको बीएस६ इन्जिन भएको १२५ सीसीको स्कुटर भएको जानकारी दिइएको छ । यसका आधारमा सो स्कुटर नयाँ ग्राजिया भएको अनुमान गरिएको छ ।

टिजरका अनुसार सो स्कुटरमा डियो स्कुटरमा जस्तै नयाँ एलईडी डीआरएलएस समावेश गरेको छ । सो स्कुटर डिजिटल स्प्लिट इन्स्ट्रयुमेन्ट क्लस्टरको साथमा समावेश गरेको छ । यसको ह्यान्डलबारमा कार्बन फाइबर फिनिस, एलईडी हेडल्याम्प र फ्रन्ट डिस्क ब्रेक समावेश गरेको छ ।

नयाँ ग्राजियामा फ्युल इन्जेक्टेडको साथमा १२५ बीएस६ इन्जिन हुने अनुमान गरिएको छ । यसको पावरको बारेमा केही जानकारी दिइएको छैन तर अनुमानित रिपोर्ट अनुसार सो स्कुटर ८ वा ९ पीएसको हुनेछ । नयाँ ग्राजिया बीएस६ इन्जिनको साथमा चाँडै सार्वजनिक हुनेछ ।

Our latest comments