होन्डाले डियो स्कुटर र हालै सार्वजनिक गरेको बाइक हर्नेट २.० लाई नयाँ रेप्सोल एडिसनमा सार्वजनिक गरेको छ । यी दुई स्कुटर र बाइकमा मोटोजीपी इन्स्पायर्ड ग्राफिक्स छ भने ह्विलमा चम्किलो ओरेन्ज कलर छ । यो मोटरसाइक तथा स्कुटर आरसी २१३ भी मोटोजीपी मोटरसाइकलबाट प्रेरित मल्टी कलर डिजाइनमा आएको हो । दुबै स्कुटर तथा मोटरसाइकल अरेन्ज, रेड र व्ल्याक कलर एसेन्टमा रहेको छ । कम्पनीले यी दुबै स्कुटर तथा मोटरसाइकल केहि यूनिट मात्र निर्माण गर्ने जनाएको छ ।
पेन्ट स्किम वाहेक तिनमा अन्य केही परिवर्तन गरिएको छैन । होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङले होन्डा हर्नेट २.० नेपाल भित्र्याउने तयारी गरिरहेको छ । रेप्सोल एडिशन हर्नेट २.० र डिओ केहि यूनिट मात्र निर्माण हुने भएकाले नेपाल आउने नआउने भन्ने विषयमा कुनै जानकारी दिएको छैन । मोटरसाइकलको फ्यूल ट्याङकमा रेप्सोलको व्याज दिइएको छ भने ह्वीललाई अरेन्ज कलर फिनिसिङ गरिएको छ । त्यस्तै स्कुटरमा भने धेरै पार्टमा रेप्सोलको व्याज लगाइएको छ ।
होन्डा डियो रेप्सोल एडिसनमा ११० सीसी पीजीएम–एफआई एचईटी अर्थात होन्डा इको टेक्नोलोजी इन्जिन छ । यसमा इन्टिग्रेटेड ड्युअल फंक्सन स्विच सहितको इन्जिन स्टार्ट/स्टप स्विच, एक्सटर्नल फ्युल लिड, पासिङ स्विच र इन्जिन कट अफसहितको साइड स्ट्यान्ड इन्डिकेटर छ । होन्डा हर्नेट २.० मा १८४.४० सीसीको फोर स्ट्रोक बीएस ६ कम्प्लायन्ट इन्जिन छ, जसले ८५०० आरपीएममा १७.२७ पीएस पावर र ६००० आरपीएममा १६.१ एनएम टर्क जेनेरेट गर्छ । सो सेगमेन्टमा सबैभन्दा राम्रो मध्यम रेन्जको टर्क प्रदान गर्ने बाइक भएको समेत होन्डाको दावी छ ।
हाल भारतमा मात्र सार्वजनिक भएका यी स्कुटर र बाइक नेपाली बजारमा भने आउने वा नआउने अहिले नै केही भन्न सकिदैन । यी स्कुटर र बाइक सामान्य भन्दा केही महंगो छन् । नेपाली बजारमा यी स्कुटर र बाइकको मुल्य भने अझै सार्वजनिक भएको छैन ।
PREVIOUS NEWS