Home / Blogs / होन्डाको नयाँ युनिकर्न १५० नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

होन्डाको नयाँ युनिकर्न १५० नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा होन्डा युनिकर्न १५० पुनः सार्वजनिक भएको छ । केही समय बिक्री बन्द भएको यो मोटरसाइकल कम्पनीले फेरि नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले सीबी युनिकर्नको ग्राफिक्समा परिर्वतन गरेर बजारमा उतारेको छ भने मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन ।

नयाँ यूनिकर्नमा १४९ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १२.७ बीएचपी पावर तथा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पिडको गियरबक्स जडान गरिएको छ । कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजीमा निर्माण गर्ने गरेको छ ।

सो मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिंगल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्रीडी होन्डा लोगो, अलोय ह्विल जस्ता विशेषता समेटिएको छ । यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ । यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ ।

होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेड्रिङ कम्पनीले यो मोटरसाइकलको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । यसका साथै कम्पनीले स्क्याच अफरसमेत ल्याएको छ । यो अफरमा ४ हजारदेखि १ लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

Our latest comments