Home / Blogs / हिरो एक्स्ट्रीम १६० आर नेपाली बजारमा सार्वजनिक; विक्री सुरु
  • Latest Bikes
  • 0

हिरो एक्स्ट्रीम १६० आर नेपाली बजारमा सार्वजनिक; विक्री सुरु

Nepal Auto Trader

Share this News

image

हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्स्ट्रीम १६० आर नेपाली बजारमा सार्वजनिक हुनुका साथै यसको विक्री बितरण पनि सुरु भएको छ ।हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले एक्स्ट्रीम १६० आरको नेपाली बजारमा विक्री सुरु गरेको जनाएको छ । नेपाल जनरल मार्केटिङले सामुहिक रूपमा एक प्रेस विज्ञप्ति जारीगर्दै सो बाइक औपचारिक रुपमा नेपालमा उपलब्ध भएको जनाएको छ । हिरो एक्स्ट्रिम १६० आर बाइक १६० सिसी सेगमेन्टकै सबैभन्दा तीव्र गतिमा चल्ने मोटरसाइकल भएको बिभिन्न श्रोतहरुले दावी गरेका छन ।


हिरो एक्स्ट्रीम १६० आरमा १६० सीसी एफआई इन्जिन दिइएको छ जुन इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । सो बाइक बीएस६ मापदण्डको इन्जिनमा आधारित छ । सो बाइकमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । कम्पनीले सो बाइकमा अटो शेल टेक्नोलोजी प्रयोग गरेको छ भने जसमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ र अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस पनि उपलब्ध रहेको छ ।


नयाँ एक्सट्रिम १६० आरमा सबै एलईडी प्याकेजहरु उपलब्ध रहेका छन जसमा एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्प, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटर र पछाडि एच सिंग्नेचरयुक्त एलईडी टेल ल्याम्प समाबेश छन । कम्पनीले यसमा सबै डिजिटल डिस्प्लेको प्रयोग गरेको जनाएको छ ।यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने कम्पनिको दाबी छ । डायमन्ड फ्रेम चेसिसमा आधारित सो बाइकको कुल वजन १३८.५ किलोग्राम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।


नेपाली बजारमा याे माेटरसाइकल सेताे, राताे र निलाे कलर अप्सनमा उपलब्ध रहेकाे नेपाल जनरल मार्केटिङले जनाएकाे छ ।यसलाई एनजीएमले ३ लाख ३९ हजार नेपाली बजार मूल्य निर्धारण गरेर बिक्री गरेको जनाएको छ । हिरो एक्स्ट्रीम १६० आरले नेपाली बजारमा यामाहा एफजेडएस भी थ्री, सुजुकी जिक्सर १५०टीभीएस आरटीआर १६० फोर भीसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।बीएस ६ इन्जिनको कारण हिरोले अन्यको तुलनामा यसको मूल्य करिब १० हजार रुपैयाँ बढी रहेको जनाएको छ ।यो मोटरसाइकल यस वर्गकै पावर–टु–वेट–रेसियोमा उत्कृष्ट मध्येको एक बनेको कम्पनिको दाबी छ ।

Our latest comments