हिरोको बहुप्रतीक्षित बाइक एक्सट्रिम १६० आर नेपाली बजारमा भित्रिएको छ । हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङले एक्स्ट्रीम १६० आर नेपाली बजारमा उतारेको हो । नेपाल जनरल मार्केटिङ प्रालिले आधिकारिक रुपमा सो मोटरबाइकको बारेमा भने केही घोषणा गरेको छैन तर यसको मूल्य सूची भने सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा यसको आधिकारीक विक्री केहि दिनमै सुरु गर्ने जानकारी दिएको छ । निकै पहिले देखि नै सो बाइक उपलब्ध हुने बताइएको थियो ।
हिरो एक्स्ट्रीम १६० आरमा १६० सीसी एफआई इन्जिन दिइएको छ जुन इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्दछ । बीएस ६ मापदण्डको इन्जिनमा बनेको सो मोटरबाइकमा अटो शेल टेक्नोलोजी प्रयोग गरिएको छ । सो बाइकमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । हिरो एक्सट्रिम १६०आर डबल डिस्क भेरिएन्टमा उपल्बध हुनुका साथै यसमा सिंगल च्यानल एबीएस पनि रहेको छ । सो बाइकको अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ ।
हिरोले एक्स्ट्रीम १६० आरमा आकर्शक फिचरहरु उपलब्ध गराएको छ । कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने साइड स्ट्यान्डर्ड इन्जिन कट अफ जस्ता फिचर समाबेश गराएको छ । त्यस्तै सो मोटरबाइकमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरिएको छ । यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने कम्पनिको दाबी छ । डायमन्ड फ्रेम चेसिसमा आधारित सो बाइकको कुल वजन १३८.५ किलोग्राम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।
PREVIOUS NEWS