हिरोको बहुप्रतिक्षित एक्सपल्स-२००टी अब छिट्टै नेपाली बजारमा

हिरोले नेपाली बजारमा फेरि एउटा सशक्त प्रतिस्पर्धी बाइकलाई उतार्ने भएको छ । २०० सीसीको निकै प्रतिस्पर्धात्मक सेगमेन्टमा हिरोले बहुप्रतिक्षित ‘एक्सपल्स-२००टी’ बाइक नेपाल ल्याउन ल्याउने तयारी भएको हो । यो एड्भेन्चर बाइक हो, जुन नेपाली सडकका लागि सबैभन्दा सहज र सुरक्षित मानिन्छ ।

एक्सपल्सको बिभिन्न भेरिएन्टमा एक्सपल्स २००टी, एक्सपल्स स्क्रायाम्लर २००, क्याफे रेसर २०० र डिर्सट २०० रहेका छन् ।  यी सबै मोडल २०० सीसी क्षमताको इन्जिन दिइएको छ । यी मध्य केही बाइक अबको केही दिनमा नै भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

अत्याधुनिक फिचरहरु समावेश रहेको यो बाइकलाई नयाँ जमानाको स्टाइलिस र स्ट्रोङ बाइकका रुपमा अघि सारिएको छ । सस्तो मूल्यमा नै शानदार बाइक चढ्न चाहानेहरुलाई एक्सपल्स-२०० टीको विकल्प भेट्न मुस्किल पर्ने देखिएको छ ।

कम्पनीले यी सबै मोटरसाइकलमा एलइडी हेडल्याम्प दिएको छ । निकै आकर्षक, स्टाइलिस र बस्न सहज यी मोटरसाइकलले धेरैको मन जित्ने अपेक्षा कम्पनीले लिएको छ । २०० सीसी एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको यी बाइकले १८.४ बीएचपी पावर र १७.१ एनएम टर्क उत्पादन गर्छ ।

यसमा सीभी कर्भुनेटर फ्युल सिस्टम छ । यसमा सेल्फ र किक दुबै स्टार्टको विकल्प दिइएको  छ । यसमा प्रभावशाली एयर फिल्टर प्रणाली पनि जोडिएको छ । यसमा मल्टी प्लेट वेक क्लच छ । ५ स्पीडको गेयरबक्स छ ।

एक्सपल्स-२००टीको यात्रा आरामदायी हुन्छ । किन भने यसको फ्रन्टमा ३७ एमएमको डाई वाला टेलिस्कोपिक र एन्टी फंग्सन बस सस्पेन्स सिस्टम छ । यसमा ७ स्टेप राइडर एड्जस्टेबल मोनोसक सस्पेन्सन छ ।

यो बाइक अगाडि २७६ एमएमको डिस्क ब्रेक छ । यसमा सिंगल च्यानल एबीएस छ । त्यसैगरी पछाडि पनि २२० एमएमको डिस्क ब्रेक छ । ‘एक्सपल्स-२००टी’मा अघि पछि बलियो ट्युबलेस टायर छ । 

यो बाइक अफरोडमा पनि निकै सजिलोसँग चलाउन सकिन्छ । १७७ एमएमको ग्राउन्ड क्लेयरेन्स छ । यो बाइकमा १३९२ एमएमको ह्वील बेस छ । सिटको हाईट ७९९ एमएम छ । यो बाइकको तौल १५० केजी छ । १३ लिटरको फ्युल ट्यांक छ ।

यति धेरै विशेषतायुक्त बाइकको मूल्य करिब ३ लाख ३० हजार देखि ३ लाख ५० हजार रुपैयाँको बीचमा पर्ने अनुमान छ ।


Share Page

1 Comments

  1. 1 month ago mukunda acharya

    याे बाईक नेपाली बजारमा कहिले अाउछ

Write a comment

menu
menu