Home / Blogs / हिरोको सुपर स्प्लेन्डर बीएस ६ इन्जिनको साथमा सार्वजनिक
  • Latest Bikes
  • 0

हिरोको सुपर स्प्लेन्डर बीएस ६ इन्जिनको साथमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image


हिरो मोटोकर्पले चर्चित बाइक हिरो सुपर स्प्लेन्डर बीएस ६ इन्जिनको साथमा सार्वजनिक गरेको छ । सो बाइक सेल्फ ड्रम अलोय ह्विल र सेल्फ डिस्क अलोय ह्विल भेरिएन्टमा उपलब्ध रहेको छ । कम्पनीले बीएस४ मोडलको सबै प्रोडक्सन बन्द गरेको छ । नयाँ सुपर स्प्लेन्डरमा १२५ सीसी प्रोग्राम्ड फ्युल इन्जेक्सन इन्जिन समावेश गरिएको छ । सो इन्जिन एक्ससेन प्रविधिमा आधारित रहेको छ । नयाँ सुपर स्प्लेन्डरको पावर आउटपुट आउटगोइङ मोडल भन्दा १९ प्रतिशत बढी रहेको छ ।

सो इन्जिनले १०.७३ बीएचपीको पावर र १०.६ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ५ स्पिड गियरबक्स रहेको छ । आवश्यक नभएको समयमा यसको इन्जिन आफै बन्द हुन्छ भने आवश्यक परेको बेलामा क्लच प्रेस गर्दा इन्जिन स्टार्ट हुन्छ । पहिले भन्दा नयाँ हिरो सुपर स्प्लेन्डरमा ग्राउन्ड क्लियरेन्स ३० एमएम बढाइएको छ । बढी कम्फर्टको लागि सो बाइकमा पहिला भन्दा ४५ एमएम बढी लामो सिट राखिएको छ । बाइकमा २४० फ्रन्ट डिस्क ब्रेक समावेश गरिएको छ ।

यसको साथै सो बाइकमा १३० एमएम रियर ड्रम ब्रेक सीबीएस समावेश गरिएको छ । बाइकमा पहिला भन्दा बढी रिफ्रेसिङ लुक दिइएको छ । साथै ड्युअल पेन्ट स्किमको प्रयोग गरिएको छ ।  स्प्लेन्डर मोटरसाइकल पहिलो पटक १९९४ मा सार्वजनिक भएको थियो । त्यसपछि यसलाई २०१० मा मोडिफाइ गरिएको थियो भने नाम पनि स्प्लेन्डर प्रो अनी सुपर दिइएको थियो । यो मोटरसाइकलले भारतको ग्रामीण भेगसँगै यसका छिमेकी देशहरुमा पनि राम्रो व्यापार गर्न सफल भएको छ । 

हिरो स्प्लेन्डर प्लसको सर्वाधिक चर्चापछि भित्रिएको अर्को मोडल हो हिरोकै सुपर स्प्लेन्डर । १२५ सीसीको इन्जिन क्षमता रहेको सुपर स्प्लेन्डरको नेपाली मूल्य १ लाख ९४ हजार रुपैयाँ रहेको छ । यस मोटरसाइकलले प्रतिलिटर ६० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी  छ । नेपालका लागि हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ रहेको छ ।

Our latest comments