जिनियसले नेपालमा ल्यायो प्रिमियम डिजाइनका बाइक

योमा माई ग्रुपले जिनियस नामक चिनियाँ ब्रान्डका स्कुटर तथा मोटरसाइकल नेपाली बजारमा भित्र्याएको  । त्यसमा पनि यसैवर्ष नेपाल भित्रिएको ‘जिनियस’ ब्रान्डको विद्युतीय बाइक धेरैले मन पराउन थालेका छन । हेर्दा पि्रमियम लाग्ने यो कम्पनीका बाइकहरु निकै सस्तो मूल्यमा उपलब्ध गराइँदैछ । चीनमा बनेका यी बाइकलाई नेपाली व्यवसायीहरुले नै ‘जिनियस’ ब्रान्डमा भित्र्याए  हुन् ।

कम्पनीका अनुसार यी बाइक सस्तो मात्रै छैन, सञ्चालन खर्च पनि निकै सस्तो छ । पावरफूल इन्जिनसहित आएका यी बाइकहरु एक पटक चार्ज भएपछि २ सय किलोमिटरसम्म कुद्न सक्छ । शहरी ग्राहकलाई पि्रमियम मोडलका बाइक सस्तो मूल्य र सुलभ खर्चमै चढ्ने चाहाना यसले पुरा गर्नेछ । यसतै शहरमा बढ्दो वातावरणीय प्रदुषणलाई पनि घटाउन यसले मद्दत गर्ने कम्पनीका सञ्चालक सञ्जीव शिल्पकार बताउँछन् ।

ग्राहकलाई विभिन्न मोडलहरुको विकल्प पनि दिइएको छ । यो बाइक किनेपछि सर्भिसिङमा कुनै खर्च गर्नुपदैन । कम्पनीले आर्कषक तथा उच्च रेन्ज प्रदान गर्ने स्कुटर तथा मोटरसाइकल नाडा अटो शोमा राखेको बतएका छन्  । कम्पनीले नाडा अटो शोलाई लक्षित गरेर नेपाली बजारमा भित्र्याएको मोटरसाइकल तथा स्कुटर निम्न प्रकारका रहेका छन् 

एलटी १५३२

एलटी १५३२ स्कुटर पनि जिनियसकै उत्पादन हो । यसमा १५ सय वाटको मोटर जोडिएको छ । यसले ७५० आरपीएममा १२५ एनएम टर्क बराबरको पावर प्रदान गर्नेे कम्पनीले जनाएको छ । यसमा ७२ भोल्ट ३२ एएचको लिथियम ब्याट्री छ । ब्याट्री पुरा चार्ज हुन ६ देखि ८ घन्टा लाग्छ । अघि र पछि डिस्क ब्रेक दिइएको छ । यसको फ्रन्टमा हाइड्रोलिक एब्जर्बर सस्पेन्सन र रियरमा स्पि्रङ सस्पेन्सन लगाइएको छ ।

एलटी १५१२

नाडा अटो शोमा सार्वजनिक भएको  यस स्कुटरमा १५०० वाटको मोटर लगाइएको छ । यसमा उपलब्ध ७२ भोल्ट ३२ एएचको लिथियम ब्याट्री रहेको छ । यो इलेक्ट्रीक इन्जिनले १२५ एनएम टर्क बराबरको पावर प्रदान गर्नेे कम्पनीले जनाएको छ । यो ब्याट्री फुल चार्ज हुन ६ देखि ८ घन्टा लाग्छ । यसकाे दुबै पाँग्रामा डिस्क ब्रेक लगाइएको छ । यसको फ्रन्टमा हाइड्रोलिक याब्जर्बर सस्पेन्सन र रियरमा  हाइड्रोलिक सक याब्जर्बर सस्पेन्सन दिइएको छ ।

एक्स-५४

एक्सवाई-५४ पनि जिनियसको उत्कृष्ट उत्पादन हो । यो बाइकमा ५ हजार वाटको मोटर छ । यसले १२ सय आरएमपीमा २०६ एनएम टर्क उत्पादन गर्छ । ७२ भोल्ट ४० एएचको लिथीयम ब्याट्री छ । यसको फ्रन्ट र रियरमा रियरमा १७ इन्चको आल्म्युनियम अलोय ह्वील प्रयोग गरिएको छ । ब्याट्री चार्ज हुन ६ देखि ८ घन्टा समय लाग्छ । अघि र पछि डिस्क बे्रक छ । अघिल्लो भागमा हाइड्रोलिक एब्जर्बर र रियरमा हाइड्रोलिक सक एब्जर्बर सस्पेन्सन जोडिएको  छ ।

एक्सवाइ–३४

यसमा ३००० वाटको मोटर लगाइएको छ भने, ७२ भोल्ट ४० एचको लिथीयम  ब्याट्री लगाइएको छ ।यस बाइकमा उपलब्ध मोटरले १ हजार आरपिएममा १८५ एनएम टर्क पावर दिन्छ । कम्पनीका अनुसार ब्याट्री फुल चार्ज हुन ६ देखि ८ घन्टाको समय लाग्छ । यसको फ्रन्टमा १७  र रियरमा १६ इन्चको आल्म्युनियम ह्वील लगाइएको छ भने फ्रन्टमा हाइड्रालिक याब्जर्बर र रियरमा हाइड्रालिक सक याब्जर्बर सस्पेन्सन रहेको छ ।

एक्सवाई-३५

एक्सवाई ३५ पनि पावरफूल बाइक हो । यसमा ३ हजार वाटको मोटर छ । १ हजार आरपिएममा १८५ एनएम टर्क पावर दिन्छ । ७२ भोल्ट ४० एचको लिथियम ब्याट्री प्रयोग गरिएको छ । ब्याट्री पुरै चार्ज हुन ६ देखि ८ घन्टा समय लाग्छ । यसको फ्रन्टमा १७ र रियरमा १६ इन्चको आल्म्युनियम एलोय ह्वील लगाएर सजाइएको यो बाइकको फ्रन्टमा हाइड्रालिक एब्जर्बर र रियरमा हाइड्रालिक सक याब्जर्बर सस्पेन्सन छ । अघि र पछि नै डिस्क ब्रेक पनि छ ।

डब्ल्यु–३४

यो मोटरसाइकलमा ३००० वाटको मोटर लगाइएको छ । यसमा उपलब्ध मोटरले १००० आरपिएममा १८५ एनएम टर्क उत्पादन गर्छ । यसको फ्रन्ट र रियरमा डिस्क बे्रक लगाइएको छ भने, फ्रन्टमा हाइड्रालिक याब्जर्बर र रियरमा हाइड्रालिक सक याब्जर्बर सस्पेन्सन लगाइएको छ । यसमा ७२ भोल्ट ४० एएच लिथीयम ब्याट्री लगाइएको छ । यो ब्याट्री चार्ज हुन ६ देखि ८ घन्टा समय लाग्ने कम्पनीले जनाएको छ ।  यसको फ्रन्टमा १७ इन्च र रियरमा १६ इन्चको आल्म्युनियम अलोय ह्वील लगाइएको छ ।

डब्ल्यु-५४ 

यसको डब्ल्यु-५४ मोडलको मोटरसाइकलमा ५ हजार वाटको मोटर छ । जसले २०६ एनएम टर्क उत्पादन गर्छ । ७१ भोल्ट ४० एचको लिथियम ब्याट्री छ । यो पुरा चार्ज हुन ६ देखि आठ घन्टा समय लाग्छ  । बाइकको फ्रन्टर रियरमा डिस्क ब्रेक छ । अघि हाइड्रोलिक एब्जर्बर सस्पेन्सन र रियरमा  हाइड्रोलिक सक एब्जर्बर सस्पेन्सन स्पि्रङ दिइएको छ । फ्रन्टमा र रियरमा १७ इन्च अलोय ह्वीलसहितको यो बाइक ३० डिग्रिको उकालोमा कुद्न सक्छ ।

पी–३४

यसमा ३ हजार वाटको मोटर लगाइएको छ, यो मोटरले १८५ एनएम टर्क उत्पादन गर्छ । यसमा ७२ भोल्ट ४० एएच लिथीएम आयन ब्याट्री लगाइएको छ । यसको फ्रन्ट  र रियरमा १७ इन्चको अलाय ह्वील लगाइएको छ । यसमा उपलब्ध ब्याट्री ६ देखि ८ घन्टामा फुल चार्ज हुने  कम्पनीले जनाएको छ । यसको फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाइएको छ भने, फन्टमा हाइड्रालिक याब्जर्बर र रियरमा हाइड्रालिक सक याब्जर्बर सस्पेन्सन लगाइएको छ ।


Share Page

2 Comments

  1. 2 months ago sữa béo nga review

    Trong tủ sữa của tôi luôn luôn mang Sữa New Milky Extra. http://mediawiki.p166094.webspaceconfig.de/index.php?title=Benutzer:AdriannaBlount

  2. 3 weeks ago cheap viagra

    online viagra cheap viagra buy viagra online http://canadianpharmacynda.com/

Write a comment

menu
menu