विश्व अटोमोबाइल बजार निकै प्रतिस्पर्धी भइरहेको समयमा हरेक कम्पनीे नयाँ नयाँ मोडल सार्वजनिक गरेर ग्राहक आकर्षित गर्न कुनै कसर बाँकी राख्दैनन् । यस्तोमा २०२० मा बजारमा ५ नयाँ इलेक्ट्रिक कार लन्च हुने भएका छन् । ती मध्ये एमजी जेडएस ईभी पहिले नै नेपाली बजारमा लन्च भइसकेको छ । यी मध्य नेपाली बजारमा धेरै मानिसले रुचाउने र रुचाउन सक्ने केही मोडलको हामी यहाँ चर्चा गर्ने छौं ।
एमजी जेडएस ईभी:
हेक्टर पछि एमजी मोटरको जेडएस ईभी अर्थात इलेक्ट्रिक एसयूभी भारतमा दोस्रो प्रोडक्ट हुनेछ । एमजी कम्पनीले इलेक्ट्रिक एसयूभी ५ डिसेम्बरमा सार्वजनिक गरेको थियो । सो कार जनवरी २०२० मा लन्च गरिनेछ । सो कारको इलेक्ट्रिक मोटरले १४३ पीएसको पावर र ३५३ एनएमको पिक टर्क जनेरेट गर्छ । यसलाई पावर दिनको लागि ४४.५ किलोवाट लिक्विड कुल्ड लिथियम आयोन ब्याट्री जडान गरिएको छ । एक पटकको फुल चार्जमा सो ब्याट्रीले ३४० किलोमिटरको दुरी तय गर्छ । एमजी जेडएस ईभीले ८.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको कम्पनीले दावी गरेको छ ।
टाटा नेक्सन इलेक्ट्रिक:
टाटा मोटर्सको नेपालको लागि आधिकारीक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले २०२० को पहिलो क्वाटरसम्ममा बजारमा ल्याउन सक्ने मोडल हो नेक्सन इभी । इलेक्ट्रीक सवारीको माग बढ्दै गएको समयमा नेपाल आउने तयारीमा रहेको नेक्सन इभी मूल्य, रेञ्ज, फिचरजस्ता कारण अहिलेनै चर्चाको शिखरमा रहेको छ । यस्तोमा टाटा नेक्सन इभीले नेपाली बजारमा निकै राम्रो बजार पाउने अपेक्षा गरिएको छ । ३५ लाख हाराहारीको सुरुवाति मूल्य, ३०० किलोमिटर रेञ्ज र टाटाका कारको इतिहासमै पहिलो पटक दिइएको सनरुफ यसको मुख्य विशेषता हो ।
टाटा अल्ट्रोज:
टाटा मोटर्सको बहुप्रतिक्षित प्रिमियम ह्याचब्याक अल्ट्रोज २२ जनवरीमा लन्च हुने भएको छ । मारुती बलेनो र हुन्डाई आई२० जस्ता कारसाँग प्रतिस्पर्धा हुने सो कार बीएस६ कम्प्लायट पेट्रोल र डिजेल इन्जिनको साथमा उपलब्ध हुनेछ । यसमा पेट्रोल इन्जिन १.२ लिटरको हुनेछ । जसमा ११९९ सीसीको इन्जिन जडान गरिनेछ जसले ८५ बीएचपीको पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । डिजेल भर्सनमा १.५ लिटरको टर्बाे इन्जिन जडान गरिएको छ । यसमा १४९७ सीसीको इन्जिन जडान गरिएको छ । जसले ८९ बीएचपीको पावर र २०० एनएमको पिक टर्क जेनेरेट गर्छ ।
महिन्द्रा केयूभी १००:
भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले केयुभी १०० को इलेक्ट्रिक भर्सन आगामी वर्ष बजारमा ल्याउने भएको छ । यो कारमा ३० केडब्लूको मोटर र लिथियम-इओन व्याट्री रहने छ । इ केयुभीमा पनि महिन्द्राको इ–भेरिटोमा जस्तै व्याट्री प्रयोग हुनेछ । तर नयाँ इ–केयुभीमा भने समयानुकुल अपडेटेड व्याट्री प्रयोग हुने छ । इ–केयुभी१०० ले फुल चार्जमा १ सय ४० किलोमिटर माइलेज दिने छ । यो कारमा फास्ट चार्जिङको सुविधा समेत हुनेछ । १ घण्टा भन्दा कम समयमा ८० प्रतिशत चार्ज हुनेछ । यो कारमा स्मार्टफोन कनेक्टिभिटी, क्याबिन प्रि–कुलिङ, लोकेसन ट्राकिङ लगायत विशेषता छन् ।
महिन्द्रा एक्सयूभी ३००:
महिन्द्राले लोकप्रिय सब कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० को इलेक्ट्रिक भर्सन लन्च गर्ने तयारीमा लागेको छ । सो कार दुई ब्याट्री अप्सनमा रहेको छ । यसमा स्ट्यान्डर्ड एसी चार्जरको साथमा डीसी फास्र्ट चार्जिङको सपोर्ट पनि समावेश गरिएको छ । कम्पनीका अनुसार सो कारले एक पटकको फुल चार्जमा ३०० किलोमिटरको दुरी तय गर्छ । एक्सयूभी ३०० तीन प्रकार डब्लु ४, डब्लु ६, डब्लु ८ मा उपलब्ध छ भने डब्लु ८ अफ्सनल प्याकमा पनि । यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ ।
PREVIOUS NEWS