क्रसफायरको बाइक कच्ची तथा पक्की दुवै प्रकारका सडकमा गुडाउन मिल्ने गरी डिजाइन गरिएको एक मोटरबाइक हो जुन नेपाली बजारमा एकदम प्रख्यात छ ।नेपाली बजारमा क्रसफायरको नयाँ रेस एडिसनको बाइक आरएम २५० ट्विन हालै मात्र सार्वजनिक भएको छ । काठमाडौं उपत्यकास्थित महाराजगञ्जको सोरुममा सो बाइक टेस्ट राइडका लागि पनि उपलब्ध रहेको छ ।
डर्ट र मोटार्ड दुवै भर्सनमा उपलब्ध सो बाइक डर्ट बाइक राइडरहरुको चाहनालाई पुरा गर्नका लागि विशेष रुपमा डिजाइन गरिएको कम्पनिको भनाइ छ । यसमा भएको डबल एक्जस्ट र पावर डेलिभरीका कारण यसलाई ट्रयाक, हाइवे र अन्य सबै स्थानमा चलाउन सकिने कम्पनीको भनाइ छ । ३३० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको तौल भने ११० किलोग्राम मात्र छ । अघिल्लो भागमा २९० एमएम र पछिल्लो भागमा २४० एमएमको डिस्क ब्रेक छ ।
नेपालस्थित आधिकारिक विक्रेता क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले यो बाइक विक्री–वितरण गरिरहेको २ सय ५० सिसी क्षमताको यो बाइकको मूल्य ६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा क्लासिक ह्विल एक्सपोर्ट इम्पोर्ट हो । सो बाइक अब छिट्टै नेपाली सडकमा देख्न पाइनेछ ।
PREVIOUS NEWS