नेपाली बजारमा इलेक्ट्रिक क्रसओभर कार ‘बिवाइडी’ सार्वजनिक

बिवाइडीको लागि नेपालको आधिकारिक वितरक साइमेक्स इन्कले ३ ओटा विद्युतीय गाडी सार्वजनिक गरेको छ। साइमेक्सले विबाईडी इ ६, विबाईडी एम ३ (७ सिटर) र विबाईडी एम ३ (५ सिटर) सार्वजनिक गरेको हो।  कम्पनीले केही समयपछि नै बिवाइडी ई-३ कार पनि ल्याएर बिक्री थाल्ने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए ।

साइमेक्स ले एसयुभी क्रस ओभर कार ‘इ ६’ सार्वजनिक  गरेको छ। ‘इ ६’ मोडेलको यो एसयुभी एकपटक फूल चार्ज भएपछि ४ सय किलोमिटर दौडन्छ । यो कारको अधिकतम् गति एकसय ४० किलोमिटर प्रतिघण्टा हुने बस्नेतले बताए। कम्पनीले यी गाडीहरुको मूल्य इ ६ को ६५ लाख, एम ३ को ४७ लाख ५० हजार र विबाईडी एम ३ ( ५ सिट) को ४६ लाख ५० हजार निर्धारण गरेको छ।

५ जना यात्रु क्षमताको यो कार अग्नी प्रतिरोधक फिचर्सका साथ आउनेछ । हेर्दा आकर्षकमात्रै होइन यो कार उत्तिकै शक्तिशाली पनि छ ।साइमेक्सले प्यासेन्जर भेहिकलतर्फ ‘ई ३’ मोडेलको गाडी समेत भित्र्याउँदैछ । एकपटक पूरा चार्ज गर्दा यो गाडी ४ सय किलोमिटर गुड्छ ।

यसैगरी राजमार्ग क्षेत्रमा नै चार्जिङ स्टेशन राखेर लामो दूरीमा समेत विद्युतीय बस चलाउन प्रोत्साहन गर्न लागिएको छ । कम्पनीले नेपालमा विद्युतीय मास ट्रान्सर्पोटेशनमा चीनमा अत्याधिक लोकप्रिय भइसकेको विवाइडीको ‘के-९’ बस पनि भित्र्याउनेछ । अपांगमैत्री यि यो बस ७० किलोमिटर प्रतिघण्टा दौडन्छ ।

Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu