Home / Blogs / यामाहाको ३ पाङ्ग्रे मोटरसाइकल ‘निकेन’ अन्तर्राष्ट्रिय बजारमा
  • Upcoming Bikes
  • 0

यामाहाको ३ पाङ्ग्रे मोटरसाइकल ‘निकेन’ अन्तर्राष्ट्रिय बजारमा

Nepal Auto Trader

Share this News

image

नेपालमा सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु, ट्राफिक जामको समस्या आदिको कारण मोटरसाइकल तथा स्कुटरको संख्यामा वृद्धि भएको जानकारहरुको भनाई छ। नेपालमा यामाहाका मोटरसाइकल पनि लोकप्रिय अन्तर्गत पर्छ। यामाहाले विभिन्न आर्थिकस्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल तथा स्कुटर बजारमा ल्याएको छ।

लामो प्रतीक्षा पश्चात यामाहाले आफ्नो तीन पांग्रे बाइक यामाहा निकेन अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराएको छ । बेलायतमा निकेन १३ हजार ४ सय ९९ पाउन्ड अर्थात करिब २० लाख नेपाली रुपैयाँ पर्छ । लायतमा यसलाई अनलाईनबाट मात्रै अर्डर गर्न सकिने छ । अडर गरेको १४ दिनभित्र कम्पनीले नजिकको शो रुमबाट डेलिभरी दिने जनाएको छ ।   

 यामाहा निकेन यामाहाको एमटी–०९ बाइकमा आधारित छ । यसमा लिक्विड कुल्ड, फ्युल इन्जेक्टेड, फोर स्ट्रोक, डीओएचसी, फोर भल्व, इन लाइन ट्रिपल इन्जिन छ । तीन सिलिन्डर सहितको ८४७ सीसीको इन्जिनयुक्त सो बाइकमा एलएमडब्ल्यु टेक्नोलोजी प्रयोग गरिएको छ । सो टेक्नोलोजीका कारण बाइक मोड्दा राम्रो ग्रिप लिन्छ र तीव्र गतिमा चलाउदा पनि यसको ब्यालेन्स बिग्रिदैन ।

यामाहा निकेनमा १५ इन्चको फ्रन्ट ह्वील दिइएको छ भने  डुअल-ट्यूब अपसाइड-डाउन फोर्क्स को साथ जडान गरिएको छ । यसको सहयोगले बाइकको ब्यालेन्स गर्न सहज हुन्छ । यस बाइकको लम्बाई २१५० एमएम, चौडाई ८८५ एमएम र उचाई १२५० एमएम रहेको छ । एमटी–०९ टेक्नोलोजिमा बनाइएकाे बाइक मोड्न निकै सहज हुने छन । २६३ किलोग्रामा तौल रहेको छ । 


Our latest comments