बीएस ६ ड्याटसन गो र गो प्लस चाँडै सार्वजनिक हुने

ड्याटसन गो र ड्याटसन गो प्लस चाँडै सार्वजनिक हुने भएको छ । सो अपडेटेड कार अफिसियल वेबसाइटमा पनि राखिएको छ । सो दुबै कार बीएस ६ मोडलको भेरिएन्ट, फिचर र इन्जिनको डिटेल सार्वजनिक भएको छ । यसको मूल्य भने लकडाउन पछि खुलासा गरिने छ ।

अपडेटेड ड्याटसन गो र ड्याटसन गो प्लस डी, ए, एओ, टी र टीओमा आउनेछ । दुबै कारमा १.२ लिटर पेट्रोल इन्जिन समावेश गरेको छ । सो इन्जिन ५ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ । १.२ लिटरको सो इन्जिनले ६७ बीएचपीको पावर र १०४ एनएमको टर्क जेनेरेट गर्छ । सीभीटीको साथमा ७६ बीएचपीको पावर र १०४ एनएमको टर्क जेनेरेट गर्छ ।

ड्याटसन गो र गो प्लसले म्यानुअल ट्रान्समिसनको साथमा १९.०२ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । सीभीटी अटोमेटिक ट्रान्समिसनको साथमा ड्याटसन गोको माइलेज १९.५९ किलोमिटर र गो प्लसको माइलेज १८.५७ किलोमिटर प्रतिलिटर रहेको छ । बीएस ६ मा अपग्रेड गर्नु बाहेक सो कारमा अन्य केही परिवर्तन गरिएको छैन । सन् २०१९ मा सो दुबै कारमा अपडेट गरेको थियो ।

ड्याटसन गो र गो प्लस हाल बजारमा उपलब्ध ईएसपी फिचरको साथमा आउने कार भन्दा सस्तो रहेको छ । यसको साथै यसमा एबीएस, ईबीडी, ड्युअल एयरब्याग र रियर पार्किङ सेन्सर जस्ता फिचर रहेको छ ।

 

Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu