बीएमडब्ल्युका नेकेड र एड्भेन्चर स्पोर्ट्स बाइक सार्वजनिक

बीएमडब्ल्युले दुई नयाँ बाइक एफ ९०० आर र एफ ९०० एक्सआरको नयाँ संस्करण सार्वजनिक गरेको छ । दुवै बाइक सीबीयू अर्थात कम्प्लिट बिल्ट–अप युनिट अर्थात पुर्ण रुपमा निर्माण गरिएको रुपमा बजारमा उपलब्ध छ । बाइकको बुकिङ समेत प्रारम्भ भइसकेको छ ।

बीएमडब्ल्यु एफ ९०० आर नेकेड स्पोर्ट र एफ ९०० एक्सआर एड्भेन्चर स्पोर्ट्स टुरर बाइक हो । दुवै बाइकमा ८९५ सीसीको इन्जिन छ । इन्जिनले ८,५०० आरपीएममा १०५ एचपीको पावर र ६,५०० आरपीएममा ९२ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिनमा ६–स्पिड ट्रान्समिसन छ ।बीएमडब्ल्युका यी सानदार बाइकले ३.६ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको स्पिड लिन सक्छन् । बाइकको टप स्पिड २ सय किलोमिटर प्रतिघण्टा छ ।

दुवै बाइकको स्ट्यान्डर्ड भेरिएन्टमा दुई राइडिङ मोड रोड र रेन छन् । त्यसैगरी ट्रयाक्सन कन्ट्रोल, ब्लुटुथका साथ ६.५ इन्च टीएफटी स्क्रिन र एलईडी हेडलाइट जस्ता फिचर स्ट्यान्डर्ड छन् । एफ ९०० एक्सआर प्रो मोडलमा क्रुज कन्ट्रोल, बाई–डाइरेक्सनल क्विक सिफ्टर र डाइनामिक ईसीए जस्ता फिचर छन् । कर्नरिङ लाइट, की–लेस इग्निसन र प्रो राइडिङ मोड जस्ता फिचर अप्सनल छन् । एफ ९०० आरमा पनि यी फिचर अप्सनल रुपमा प्रयोग गर्न सकिन्छ ।

सुरक्षाका लागि दुवै बाइकमा एबीएस, अटोमेटिक स्ट्याबिलिटी कन्ट्रोल र एन्टी होपिङ क्लच र कास्ट आल्मुनियम ह्विल जस्ता फिचर स्ट्यान्डर्ड दिइएको छ । बीएमडब्ल्यु ९०० आरको प्रतिस्पर्धा केटीएम ७९० ड्युक, कावासाकी जेड९००, डुकाटी मोन्स्टर ८२१ ज्स्ता बाइकसँग हुनेछ । बीएमडब्ल्यु ९००एक्सआरको प्रतिस्पर्धि बाइक हाल भारतीय बजारमा उपलब्ध छैन । यद्यपि मूल्यको हिसाबले यसको प्रतिस्पर्धा कावासाकी भर्सिस १००० सँग हुनेछ ।

Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu