नेपाली बजारमा बजाजको नयाँ बीएस ६ इन्जिनयुक्त मोटरसाइकल पल्सर एनएस २०० सार्वजनिक भएको छ । यसको विक्री पनि सुरु भएको कम्पनीले जनाएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले बीएस ६ भर्सनको पल्सर एनएस २०० सार्वजनिक गरेको हो । बजाज पल्सर एनएस २०० नेपालमा बिक्री हुने सर्वाधिक सफल मध्येको एक मोटरसाइकल हो । एनएस २०० को बीएस ६ भर्सनमा मूल्यसमेत वृद्धि भएको कम्पनीले जनाएको छ ।
बजाज पल्सर एनएस २०० बीएस ६ मा १९९.५ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम २४.५ पीएस पावर तथा १८.७४ एनएम पीक टर्क प्रदान गर्दछ । यसको पावर पहिलेको तुलनामा १ पीएसले बढेको छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यसको फ्रन्टमा एन्टी फ्रिक्सन टेलिस्कोप फर्क रहेको छ भने रियरमा निट्रोक्स मोनोशक रहेको छ ।
एनएस २०० बीएस ६ को लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम, उचाई १०७५ एमएम, ग्राउण्ड क्लियरेन्स १६७ एमएम र १३६३ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १५२ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि ३०० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेक रहेको छ । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । सो बाइकमा १७ इन्चको अलोय ह्वील रहेको छ ।
बीएस ६ एनएस २०० मा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप, स्टीफ पेरिमिटर फ्रेम, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन जस्ता फिचर थप गरिएको छ । यसमा डे टाइम रनिङ हेडलाइट र एलइडी टेलल्याम्प पनि रहेको छ । यसमा सेमी डिजिटल कन्सोल पाउन सकिन्छ भने एनालग टेकोमिटर दिइएको सो बाइकमा स्पीडोमिटर, फ्यूल गज, लो फूल इन्डिकेटर, ट्रिपमिटर, क्लक जस्ता डिजिटल फिचर रहेको छन् । सो बाइकमा मल्टी डिस्क हाइड्रोलिक कल्च पनि उपलब्ध छ ।
बजाज पल्सर एनएस २०० बीएस ६ को नेपाली बजार मूल्य ४ लाख ४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ भने यो भन्दा पहिले उपलब्ध बीएस ४ इन्जिनयुक्त मोटरसाइकलको मूल्य ३ लाख ९५ हजार ९ सय रुपैयाँ रहेको थियो । सो मोटरसाइकलले नेपाली बजारमा एफजेड–२५०, सीएफमोटो–२५० एनके र डुक–२०० जस्ता मोटरसाइकलहरु सँग सिधा प्रतिस्पर्धा गर्नेछ । एनएस २०० अत्याधिक पावरका कारण समेत युवावर्गको पहिलो रोजाइमा पर्न सफल रहदै आएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।