Home / Blogs / बजाज डोमिनार २५० बीएस ६ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
  • Latest Bikes
  • 0

बजाज डोमिनार २५० बीएस ६ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा बजाजको नयाँ बीएस ६ इन्जिनयुक्त मोटरसाइकल डोमिनार २५० सार्वजनिक भएको छ । नेपालका लागि बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले डोमिनार २५० को नयाँ भर्सन नेपालमा सार्वजनिक गरेको हो । यसको विक्री पनि सुरु भएको कम्पनीले जनाएको छ । यस अघि कम्पनीले बीएस ४ भर्सनमा विक्री गर्दै आएको थियो । डोमिनार २५० को बीएस ६ भर्सनमा मूल्यसमेत वृद्धि भएको कम्पनीले जनाएको छ । नयाँ डोमिनार २५० पावरफुल इन्जिनका साथ स्पोर्टी डिजाइनमा भित्रिएको छ ।


डोमिनार २५० बीएस ६ मा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यसको फ्रन्टमा एन्टी फ्रिक्सन टेलिस्कोप फर्क रहेको छ भने रियरमा निट्रोक्स मोनोशक रहेको छ ।  


डोमिनार २५० बीएस ६ को लम्बाई २१५६ एमएम, चौडाई ८३६ एमएम, उचाई १११२ एमएम, ग्राउण्ड क्लियरेन्स १५७ एमएम र १४५३ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १८० केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि ३०० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेक रहेको छ । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । सो बाइकमा १७ इन्चको अलोय ह्वील रहेको छ ।


डोमिनार २५० बीएस ६ मा नयाँ सिग्नेचर एलइडी हेडल्याम्प, सबै एलइडी लाइट, सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथै फ्युल ट्याङककम अर्को सानो डिस्प्ले र इन्जिन कौल जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट, सिटको मुनी लगेज ट्रयाप, युएडी फर्क र स्लिपर क्लच जस्ता मुख्य फिचर पनि पाउन सकिन्छ । एनालग टेकोमिटर दिइएको सो बाइकमा स्पीडोमिटर, फ्यूल गज, लो फूल इन्डिकेटर, ट्रिपमिटर, क्लक जस्ता डिजिटल फिचर रहेको छन् ।  


बजाज डोमिनार २५० बीएस ६ को नेपाली बजार मूल्य ५ लाख ६७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ भने यो भन्दा पहिले उपलब्ध बीएस ४ इन्जिनयुक्त मोटरसाइकलको मूल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ रहेको थियो । सो बाइकमा रेसिङ रेड, मेट सिल्भर, साइट्रस रस, मेट सिल्भर, स्पार्कलिङ ब्ल्याक र मेट सिल्भर जस्ता कलर अप्सन उपलब्ध छन ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।








Our latest comments