पावरफुल अवतारमा आउदै छ बजाज पल्सर एनएस १६०

बजाज पल्सर एनएस १६० पावरफुल अवतारमा आउने भएको छ । कम्पनीले बजाजको सबै बाइकहरु बीएस६ मा अपग्रेड गर्दैछ । बीएस६ पल्सर एनएस १६० को डाटा लिक भए अनुसार सो बाइक बीएस४ भन्दा पावरफुल हुनेछ ।

बीएस६ पल्सर एनएस १६० बाइकमा १६०.३ सीसी, सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन समावेश गरिएको छ । सो बाइकमा काब्र्युरेटको ठाउँमा फ्युल इन्जेक्सन सिस्टम हुने अनुमान गरिएको छ । सो बाइकको इन्जिनले ९००० आरपीएममा १७ बीएचपीको पावर जेनेरेट गर्छ । यो भन्दा पहिले बीएस ४ मोडलले ८५०० आरपीएममा १५.५ बीएचपी पावर जेनेरेट गर्छ ।

यसरी १.५ बीएचपी पावर बढे पछि यो सेगमेन्टमा पल्सर एनएस १६० सबैभन्दा बढी शक्तिशाली हुनेछ । यसमा १२ लिटर पेट्रोल अट्ने ट्यांकी दिइएको छ भने ग्राउन्ड क्लीयरेन्स १६७ एम एम रहेको छ ।  यो सेगमेन्टमा सुजुकी जिक्सर १५५, टीभीएस अपाचे आरटीआर १६० ४भी, यामाहा एफजेड–एस र होन्डा सीबी हर्नेट छन् ।

एनएस बजाजका अनुसार युवा पुस्तालाई लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील्बेस राखिएको छ । पल्सर एनएस १६० टिडिले अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । कम्पनीका अनुसार यसको सुरु मूल्य दुई लाख ५९ हजार नौ सय तोकिएको छ । 

Share Page

0 Comments

Write a comment

menu
menu