Home / Blogs / पल्सर एनएस २०० अब एबीएस सहित नेपाली बजारमा
  • Latest Bikes
  • 0

पल्सर एनएस २०० अब एबीएस सहित नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) ल्याएको छ । एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको छ । एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ ।

एनएस–२०० अत्याधिक पावरमा कारण समेत युवावर्गको पहिलो रोजाइमा पर्न सफल भएको हो । बाइकको फ्रन्टमा एन्टी फ्रिक्सन टेलिस्कोप फर्क रहेको छ भने, रियरमा निट्रोक्स मोनोशक रहेको छ । यसमा डे टाइम रनिङ हेडलाइट र एलइडी टेलल्याम्प दिइएको छ । ६ स्पीडको गियर बक्स रहेको बाइकमा मल्टी डिस्क हाइड्रोलिक कल्च रहेको छ । ब्रेकिङमा एबीएससहित फ्रन्टमा ३०० र रियरमा २३० एमएमको क्यालीपर पेटल डिस्क ब्रेक उपलब्ध रहेको छ । 

एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ्ग दुरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्दछ । यसैबीच, यसले सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्दछ र बाइकको स्थिरता बढाउँछ । र, यसले दुर्घटना हुने जोखिम पनि कम गर्दछ । 

१७ इन्चको ट्यूवलेस अलोय ह्वील रहेको बाइकमा सेमी डिजिटल कन्सोल रहेको छ । एनालग टेकोमिटर दिइएको बाइकमा स्पीडोमिटर, फ्यूल गज, लो फूल इन्डिकेटर, ट्रिपमिटर, क्लक जस्ता डिजिटल फिचर रहेको छन् । यो बाइकले प्राइस लुक पावरका आधारमा एफजेड–२५०, सीएफमोटो–२५० एनके डुक–२०० जस्ता बाइकसँग प्रतिस्पर्धा गरिरहेको छ । एबीएस भएको पल्सर एनएस २०० को शुरुवाती मुल्य ३ लाख ३४ हजार ९ सय मात्र रहेको छ । यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा उपलब्ध छ ।

Our latest comments