बजाजले एनएस १६० सिरिजमा नयाँ भेरियन्ट थप गरेर नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले एनएस १६० मा नयाँ भेरियन्ट थप गरेको जनाएको छ । नेपाली बजारमा एबीएस भर्सनमा मात्र विक्री भइरहेको एनएस १६० मा अब डबल डिस्क भेरियन्ट थप गरिएको कम्पनीले जनाएको हो । कम्पनीले नयाँ कलर भर्सनमा डबल डिस्क भेरियन्टको नेपाली बजारमा विक्री सुरु गरेको पनि जनाएको छ ।
बजाज पल्सर एनएस १६० मोटरसाइकलमा १६० सीसी फोर स्ट्रोक आयल कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले ८५०० आरपीएममा १५.५ पीएस पावरका साथै ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । दुबै चक्कामा डिस्क ब्रेक र यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक सस्पेन्स पाउन सकिन्छ । फ्युल इन्जेक्सन सिस्टम रहेको सो बाइकमा १७ इन्च अलोय ह्वील दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स रहेकोे छ भने यसको टप स्पीड १२० किलोमिटर प्रतिघन्टा रहेको छ ।
पल्सर एनएस १६० बाइकको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम, उचाई १०६० एमएम, ग्राउण्ड क्लियरेन्स १७७ एमएम र १३७२ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ५० किलोमिटर माइलेज दिनेछ । बाइकको कुल तौल १५१ किलोग्राम रहेको छ । यसको फ्रन्टमा २६० र रियरमा २३० एमएमको क्यालीपर पेटल डिस्क ब्रेक उपलब्ध रहेको छ ।
एनालग टेकोमिटर दिइएको एनएस १६० मा स्पीडोमिटर, फ्यूल गज, लो फूल इन्डिकेटर, ट्रिपमिटर जस्ता डिजिटल फिचर पाउन सकिन्छ । यसमा डे टाइम रनिङ हेडलाइट र एलइडी टेलल्याम्प दिइएको छ । । यसमा ब्लुटुथ बेस कनेक्टिभिटी, राइडिङ मोड, एभरेज माइलेज, एभरेज स्पीड, इन्जिन टेम्प्रेचर, स्लिप असिस्ट क्लच, टर्विन एलइडी हेडल्याम्प, एलोइ हविल, एलईडी टेल लाइट, कल अर्लट, एमएमएस अर्लट, इमेल नोटिफिकेसन, ब्याट्री लेभल जस्ता बिशेषता पाउन सकिन्छ ।
हाल नेपाली बजारमा उपलब्ध एबीएस फिचर युक्त एनएसको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ भने नयाँ डबल डिस्क भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यसको नेपाली बजारमा सुजुकी जिक्सर १५५, टीभीएस अपाचे आरटीआर १६० ४ भी, यामाहा एफजेड–एस १५० र होन्डा सीबी हर्नेट १६० सिधा प्रतिश्पर्धा हुनेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।