Home / Blogs / पल्सर २२० एबीएस भर्सनमा सार्वजनिक
  • Latest Bikes
  • 0

पल्सर २२० एबीएस भर्सनमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले एबीएस सहितको पल्सर २२० एफ नेपाली बजारमा उपलब्ध गराएको छ ।। पहाडी भेगका ग्राहकले पल्सर २२० लाई अझै धेरै विश्वसनीय मोटरसाइकल मान्ने गरेका छन् । पावर, डिजाइन र कम्र्फट यसको सफलताको मुख्य राज मान्ने गरिन्छ । यी तीन वटै कुरा युवाहरुको रोजाईमा पर्ने भएकाले पल्सर २२० नेपालमा सफल भएको हो ।

हंशराज हुलास चन्द एण्ड कम्पनीले केही समय अघि बजारमा एबीएससहितको पल्सर २२० एफ ल्याएको थियो । एबीएस सहितको पल्सर २२० लकडाउन सुरु हुनु केही दिनअघि मात्रै नेपाल आएको थियो । सन् २००८ बाट नेपाली सडकमा गुड्न थालेको यो बाइक करिब ३ लाखभन्दा माथि यूनिट सडकमा गुडिरहेको अनुमान गर्न सकिन्छ ।

यो मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । यस मोटरसाइकलको टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ ।

आरामदायी यात्राको लागि अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि ट्विन साइड रियर स्प्रिङ (पाँच तिर एड्जस्ट गर्न मिल्ने) शक दिइएको छ । साथै सुरक्षाको लागि अगाडि २६० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ । १५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ । नेपाली बजारमा एबीएस भर्सनको मूल्य ३ लाख ३२ हजार ९०० रहेको छ । विभिन्न ५ कलरमा सो बाइक उपलब्ध हुने बताइएको छ ।

Our latest comments