Home / Blogs / बजाज पल्सर २२० एफ नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

बजाज पल्सर २२० एफ नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले एबीएस सहितको पल्सर २२० एफ नेपाली बजारमा उपलब्ध गराएको छ । सो बाइकको प्रारम्भिक मूल्य ३ लाख ३२ हजार ९ सय रुपैयाँ तोकिएको छ । नन–एबीएस भेरिएन्ट भन्दा यो मूल्य १६ हजार रुपैयाँ बढी हो । भारतीय बजारमा करिव एक महिना पहिले लन्च भएको बाइक हाल नेपाली बजारमा उपलब्ध भएको हो । बाइकमा सिंगल च्यानल एबीस सहित नयाँ बडी ग्राफिक्स, ब्ल्याक्ड आउट एक्जस्ट क्यान र नयाँ इन्जिन काउल रहेको छ ।

कम्पनीले नयाँ पल्सर २२० एफमा ट्विन–पर्ड हेडलाइट, एलईडी टेललाइट, सेमिफेयरिङ डिजाइन, क्लिप अन स्टाइल ह्याण्डलबार, टु पाई ग्रयाब रेलको साथ स्प्लिट सिट जस्ता विशेषता उपलब्ध गराएको छ । आरामदायी यात्राको लागि अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि ट्विन साइड रियर स्प्रिङ (पाँच तिर एड्जस्ट गर्न मिल्ने) शक दिइएको छ । साथै सुरक्षाको लागि अगाडि २६० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ ।

यसमा रहेको २२० सीसी २ भल्व, ट्विन स्पार्क, सिंगल सिलिण्डर, आयाल कुल्ड, एफआई इन्जिनले अधिकतम २१ बीएचपी पावर र १९ एनएम टर्क जेनेरेट गर्छ । विभिन्न ५ कलरमा सो बाइक उपलब्ध हुने बताइएको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ । १५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ ।

कम्पनीले एबीएस सहितको पल्सर २२० को मूल्य ३ लाख ३२ हजार ९०० रुपैयाँ रुपैयाँ तोकिएको छ । योसँगै नेपालमा पल्सर २२० एफ दुई भेरियन्टमा उपलब्ध रहने छ । नन् एबीएस भेरियन्टको मूल्य भने ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ । सन् २००८ बाट नेपाली सडकमा गुड्न थालेको यो बाइक करिब ३ लाखभन्दा माथि यूनिट सडकमा गुडिरहेको अनुमान गर्न सकिन्छ ।

Our latest comments