बजाज पल्सर १२५ आगामी आइतबारबाट काठमाडौंमा बिक्री सुरु हुने भएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एचएच बजाजले आगामी आइतबारबाट पल्सर १२५ को बिक्री काठमाडौंमा सुरु गर्न लागेको हो ।
कम्पनीले केही समयअघि नै पल्सर १२५ लाई तराइका जिल्लाहरुमा बिक्री सुरु गरेको थियो । हुलास अटो क्र्फटले नेपालमा नै एसेम्वल गरेको बजाज पल्सर १२५ ले होन्डा साइनसँग सिधा प्रतिस्पर्धा गर्ने देखिएको छ ।कम्पनीले उपत्यकाका केही शोरुमबाट पल्सर १२५ को बुकिङ समेत लिइरहेको छ ।
‘हामीले उपत्यका बाहिरबाट बिक्री सुरु गरेको पल्सर १२५ यही हप्ता काठमाडौं आउने छ । आगामी आइतबारबाट हामी यसको बिक्री काठमाडौंमा सुरु गर्नेछौं’, एचएच बजाजका निर्देशक अभिमन्यू गोल्छालेभने ।
कम्पनीले यसको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेको छ । नयाँ मोटरसाइकलसँगै नेपालमा पल्सर सिरिजमा ५ मोडलको बिक्री वितरण हुने भएको छ । सबै पल्सर र पल्सर एनएस सिरिज नेपालमा नै एसेम्वल भइरहेका छन् ।
यस मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।
PREVIOUS NEWS