भारतमा २ सय ५० सीसीको बजाज डोमिनार बाइक सार्वजनिक भएको छ । बजाज अटोले २५० सीसी क्षमताको डोमिनारकाे मूल्य पनि सार्वजनिक गरेको छ । यसको मूल्य १ लाख ६० हजार भारु राखिएको छ । कम्पनीले बजाज डोमिनार ४०० को तुलनामा २५० मा ३० हजार भारु मूल्य कम गरेर बजारमा ल्याएको हो । यस्तोमा नेपाली बजारमा डोमिनार २५० करिब ४ लाख रुपैयाँ हाराहारीमा बिक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।
कम्पनीले यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन प्रदान गर्नेछ । उक्त इनिजनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ । सो बाइकमा नयाँ इन्जिन जडान गरिएको छ । सो इन्जिन केटीएम २५० ड्युकमा दिएको २४८.८ सीसी सिंगल सिलिन्डर इन्जिनमा आधारित रहेको छ । जसले २७ पीएसको पावर र २३.५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश हुनेछ । सो बाइकले १०.५ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।
यो बाइकमा फ्युल इन्जेक्टेड तथा लिक्विड कुल्ड इन्जिन छ । त्यसैगरी यसमा मोज्याइक आकारको फुल एलईडी हेडल्याम्प छ र यो अटोमेटिक रुपमा अन हुने सिष्टमको छ । त्यसैगरी ट्विन च्यानल एबीएस, स्लिपर क्लच र बिम टाइप पेरिमिटर फ्रेम छ । अगाडिको भागमा स्पोर्ट्स टुरर देखिने गरी अपसाइड डाउन फोर्क्स छ । यो क्यानन रेड र भाइन ब्ल्याक गरी दुई कलर अप्सनमा उपलब्ध छ ।
बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध हुने अनुमान गरिएको छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ । नेपालको लागि बजाजको आधिकारीक वितरक एचएच बजाजका अनुसार अबको २ महिनामा बजाज डोमिनार २५० नेपाली बजारमा पनि बिक्री सुरु हुनेछ ।
PREVIOUS NEWS