हुन्डाईले भारतमा उत्पादन गर्दै आएको भर्नाको फेसलिफ्ट सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले आगामी मार्च २६ तारिखबाट नयाँ भर्नाको बिक्री सुरु गर्ने जनाएको हो । सि सेग्मेन्ट सेडान भर्ना नेपाली बजारमा पनि बिक्री वितरण हुँदै आएको मोडल हो । कम्पनीले नयाँ भर्नामा व्ल्यू लिंक कनेक्टीभीटी दिएको जनाएको छ । कम्पनीले यो कनेक्टीभीटी भेन्यू, अल न्यू क्रेटा जस्ता मोडलमा उपलब्ध गराउन सुरु गरेको छ ।
साथै, हुन्डाईले यसलाई स्मार्ट वाचमा पनि कनेक्स गर्न सकिने जनाएको छ । यसमा रिमोटबाटै स्टार्ट/स्टप र क्लाईमेट कन्ट्रोल चलाउन सकिने छ । साथै, अटोमेटीक भेरियन्टमा ढोका बन्द भए वा नभएको नोटिफिकेशन समेत पाउन सकिने छ । यसका अलावा इन्जिनको अवस्था, एयरकन्डिसनीङ भेन्टको अवस्था, टायर प्रेसरको अवस्था, फ्यूल लेवल, ढोकाको अवस्था सहजै थाहापाउन सकिन्छ । त्यसैगरी व्ल्यू लिंक कनेक्टीभीटीले सुरक्षा, स्पीड, भेल्ट, गाडी चोरीभएको खण्डमा त्यसको अवस्थाका बारेमा थाहापाउन सहज हुनेछ ।
यी सबैकुरा बाहेकपनि समय, वातावरण, गाडीको मासिक रुपमा हेल्थ रिपोर्ट, मेन्टिनेन्स अर्लटजस्ता सुविधा व्ल्यू लिंक कनेक्टीभिटीले प्रदान गर्नेछ । कम्पनीले फेसलिफ्ट भर्नामा १.० लिटर टर्बो पेट्रोल इन्जिन, किया सेल्टोसमा रहेको १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा आउने छ । १.० लिटर टर्बो जिडीआई इन्जिनमा ७ स्पीड डिसीटी गियरबक्स उपलब्ध रहने छ ।
यसमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ्ग लाइट, एलईडी टेल ल्याम्प, १६ इन्च अलोए–ह्वील, पावर फोल्डिङ्ग विग मिरर, ७.० इन्च इन्फोटेनमेन्ट सिस्टम, लेदरले ढाकिएको स्टेयरिङ्ग ह्वील, गियर नोब, वायरलेस चार्जिङ्ग र पुशवटन स्टार्ट जस्ता फिचर दिइएको छ । हुन्डाई भर्नाले बजारमा होन्डासिटी, मारुती सियाज, टोयोटा यारिस, फक्सवागेन–भेन्टो र स्कोडा र्यापीडसँग प्रतिस्पर्धा गर्नेछ ।