बजाज मोटरसाइकलको फेरी मूल्य वृद्धि भएको छ । बजाजले विभिन्न आर्थिकस्तर भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारका मोटरसाइकलहरु नेपाली बजारमा सार्वजनिक गर्दै आएको छ । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले मोटरसाइकलको मूल्य बढाएको जनाएको छ । नेपाली बजारमा बजाजका मोटरसाइकल निकै लोकप्रिय छन र सोही कारणले गर्दा बजाज नेपालमा सर्वाधिक मोटरसाइकल विक्री गर्ने कम्पनीमा पर्दछ । अन्तर्राष्ट्रिय बजारमा मोटरसाइकलको मूल्यमा भएको वृद्धिसँगै नेपालमा मूल्य वृद्धि गरिएको कम्पनीले जनाएको छ । बजाज मोटरसाइकलको मोडलहरुको नयाँ मुल्य यसप्रकार रहेको छ ।
यस्तो छ सबै मोडलको नयाँ मूल्य:
| मोडल | इन्जिन क्षमता | नयाँ मूल्य |
| प्लाटिना इएस | १०२ सिसी | रु. १,८५,९०० |
| पल्सर २०० एनएस एफआई एबिएस | १९९.५ सिसी | रु. ३,८१,९०० |
| पल्सर २०० एनएस एबिएस | १९९.५ सिसी | रु. ३,५५,९०० |
| पल्सर १५० टिडी | १४९.५ सिसी | रु. २,८३,९०० |
| पल्सर १५० | १४९.५ सिसी | रु. २,६६,९०० |
| पल्सर १२५ | १२४.४ सिसी | रु. २,३८,९०० |
| पल्सर १६० एनएस एबिएस | १६०.३३ सिसी | रु. ३,०८,९०० |
| पल्सर २२० एफ | २२० सिसी | रु. ३,५२,९०० |
| डिस्कभर ड्रम | १२४.४ सिसी | रु. २,००,९०० |
| डिस्कभर डिस्क | १२४.४ सिसी | रु. २,०९,९०० |
| डिस्कभर एसटी | १२४.४ सिसी | रु. २,२०,९०० |
| एभेन्जर २२० | २२० सिसी | रु. ३,५९,९०० |
| एभेन्जर १६० | १६०.३३ सिसी | रु. ३,३६,९०० |
| डोमिनार २५० | २४८.७७ सिसी | रु. ५,०७,९०० |
| डोमिनार ४०० | ३७३.३३ सिसी | रु. ५,८२,९०० |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।