Home / Blogs / फोर्सको अफरोड एसयूभी गुर्खा नेपालमा सार्वजनिक; यस्ता छन् फिचर
  • Latest Cars
  • 0

फोर्सको अफरोड एसयूभी गुर्खा नेपालमा सार्वजनिक; यस्ता छन् फिचर

Nepal Auto Trader

Share this News

image

फोर्सको नयाँ जेनेरेशन गुर्खा एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि फोर्स गाडीको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल र सिद्धार्थ विश्वज्योति मल्टी पर्पोज कम्पनीले संयुक्त रुपमा गुर्खा एसयूभीको विक्री सुरु भएको पनि जनाएको छ । फोर्स गोर्खा पहिले देखि नै नेपाली बजारमा उपलब्ध भए पनि हाल बीएस ६ इन्जिन सहितको अपग्रेडेड गोर्खाको बिक्री सुरु गरिएको हो । नेपालमा विक्री सुरु गरिएको गुर्खा ४ सिट क्षमताको अफरोड एसयूभी हो । नयाँ जेनेरेशन गुर्खामा विभिन्न प्रकारका आधुनिक फिचर रहेको कम्पनीले जनाएको छ ।


नयाँ फोर्स गोर्खामा बीएस ६ इन्जिनयुक्त मर्सिडिजले बनाएको २.६ लिटर डिजेल इन्जिन दिइएको छ जुन इन्जिनले ८९ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । मर्सिडिज बेन्जको जी क्लासबाट बक्सी डिजाइनबाट प्रभावित रहेको नयाँ फोर्स गोर्खामा हाइड्रोलिक रुपबाट एक्टिभ क्लच र केबल सिफ्टका साथ ५–स्पिड म्यानुयल गियरबक्स रहेको छ । फोर्सको नयाँ गोर्खाको अगाडि डिस्क ब्रेक दिइएको छ भने पछाडि ड्रम ब्रेक रहेको छ । गुर्खामा कोइल स्प्रीङ सहितको डबल विसवोन सस्पेन्सन दिइएको छ जसले गर्दा अफरोड ड्राइभिङलाई सहज बनाउन्छ ।


नयाँ गुर्खाको लम्बाई ४११६ एमएम, चौडाई १८१२ एमएम, उचाई २०७५ एमएम, २४०० एमएम ह्वीलवेस र २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ५०० लिटर क्षमताको बुट स्पेश र ६३ लिटरको इन्धन ट्याङ्की रहेको छ । यसमा १६ इन्चको अलोय ह्वील रहेको छ । तीनवटा मात्र ढोका भएको सो एसयूभीमा म्याक्सीसको टेपाडोरको अफरोडिङ टायर रहेको छ । यसमा १६ इन्चको ट्युबलेस टायर रहेको छ । सो एसयूभी ७०० एमएम सम्म माथि पानीमा डुबे पनि कुनै असर नपर्ने कम्पनीले जनाएको छ । यसैगरी यसमा इन्डिपेन्डेन्ट फ्रन्ट सस्पेन्सन र रियरमा रिजिड एक्सल उपलब्ध छ । 


नयाँ गुर्खामा एलइडी हेडल्याम्प, एलइडी डिआरएल सहित फगल्याम्प, नयाँ टेलल्याम्प, रिडिजाइन बम्पर, नयाँ ग्रिल, डेटाइम रनिङ लाइट, फ्रन्ट फेण्डरमा इन्डिकेटर, टेलगेट-माउन्टेड स्पेयर व्हिल, नयाँ डिजाइनको ह्वील, न्यू टच स्क्रिन सिस्टम, सेकेण्ड रोमा क्याप्टेन सिट जस्ता धेरै आधुनिक बिशेषता उपलब्ध छन । यसमा पर्याप्त वुट स्पेस, रुफमाउण्टेड लगेज क्यारी र ग्याङ्गवे लगायतका सुबिधा पाउन सकिन्छ । सो एसयूभीमा अगाडिको बम्पर नयाँ डिजाइनमा निर्माण गरिएको छ भने बम्परको बीचमा रहेको गुर्खाको लोगोले एसयूभीलाई झनै स्पोर्टी र बोल्ड लुक्स प्रदान गरेको छ । 


फोर्सको नयाँ जेनेरेशन गुर्खा एसयूभीमा ७।७८ सेमीको इन्फोटेनमेन्ट सिस्टम रहेको छ जसले एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्छ । यसमा ड्राइभर इन्फर्मेसन डिस्प्ले पनि सेमी डिजिटल रहेको छ । यसमा नयाँ डिजाइनको थ्री स्पोक स्टेरिङ ह्वील दिइएको छ । सुरक्षाको लागि सो गाडीमा एयरब्याग, ईबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटरिङ सिस्टम, टच लेन इन्डिकेटर, स्पिड सेन्सिङ डोरलक र एन्टी–थेफ्ट अलार्म जस्ता सेफ्टी फिचर पाउन सकिन्छ । यसमा ठुलो सिङ्गल विन्डो पनि रहेको छ ।


नयाँ फोर्स गुर्खा ह्वाइट, ग्रे, ग्रिन, ओरेन्ज र रेड गरी पाँच कलर अप्सनमा उपलब्ध रहेको छ । नेपाली बजारमा गुर्खा एसयूभीको मूल्य ७८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपाली बजारमा गुर्खाको सिधा प्रतिस्पर्धा महिन्द्रा थार र सुजुकी जिम्नी जस्ता मोडलसँग हुने छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments