Home / Blogs / नयाँ फिचर सहित भेष्पा-१५० स्कुटर सार्वजनिक
  • Latest Bikes
  • 0

नयाँ फिचर सहित भेष्पा-१५० स्कुटर सार्वजनिक

Nepal Auto Trader

Share this News

image

चर्चित टु ह्विलर निर्माता कम्पनी मध्ये एक भेस्पाको स्कुटर अलग स्टाइल र फिचरको कारण निकै चर्चित रहेको छ । भेस्पाको स्टाइलिस लुक भएको कारण निकै लोकप्रिय रहेको छ । हाल सो स्कुटर नयाँ इन्जिनको साथमा सार्वजनिक गरिएको छ । पियाजीयो कम्पनीले आफ्नो चर्चित क्लासिक स्कुटर भेष्पामा सिंगल च्यानल एबीएसको विशेषता प्रदान गरेको छ । साथै, कम्पनीले आफ्नो चर्चित उत्पादनमा बीएस ६ मापदण्ड अनुसारको इन्जिनपनि प्रदान गरेको छ ।

अहिले नयाँ इन्जिनमा आफ्ना उत्पादनलाई बजारमा ल्याउन भारतीय अटो उत्पादकहरुलाई निकै चटारो परिरहेको छ । हरेक दिनजसो कम्पनीहरुले नयाँ इन्जिनमा आफ्नो उत्पादन आएको मिडिया रिलिज गरिरहेका छन् । यामाहाले आफ्ना सबै स्कुटरहरु भारतीय प्रदुषण मापदण्ड बिएस ६ अनुसारको इन्जिनमा ल्याइसकेको छ । यस्तोमा पियाजीयो कम्पनीले पनि आफ्नो चर्चित स्कुटर भेस्पालाई नयाँ इन्जिनमा ल्याएको हो ।

बीएस६ मापदण्डको भेस्पा १५० एसएक्सएल स्कुटरमा १६० सीसीको नयाँ बीएस ६ इन्जिन जडान गरिएको छ जसले १०.८ बीएचपीको पावर जेनेरेट गर्छ । सो इन्जिनमा कन्टिन्युअस भेरिएबल ट्रान्समिसन समावेश गरिएको छ । भेस्पाको इन्जिन निकै बलियो पनि रहेको छ । बीएस६ भेस्पा १५० एसएक्सएलको फ्रन्टमा २०० एमएम भेन्टिलेटेड डिस्क ब्रेक र रियरमा १४० एमएम ड्रम ब्रेक रहेको छ । साथै सो स्कुटरमा एन्टि लक ब्रेकिङ सिस्टम पनि समावेश गरिएको छ ।

सो स्कुटरको फ्रन्टमा एयरक्राफ्ट डेरिभ सिंगल साइड आर्म फ्रन्ट सस्पेन्सन विथ एन्टिडाइभ क्याराक्टरिस्टिक सस्पेन्सन र रियरमा सस्पेन्सन विथ डुअल इफेक्ट हाइड्रोलिक शक एब्जर्वर रहेको छ । भेष्पा नेपाली बजारमा पनि निकै रुचाइएको स्कुटरमा पर्छ । दुगर्ड समूह अन्तर्गतको विवेक अटोमोबाइलले यसलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।


Our latest comments