Home / Blogs / २४ सय सिसी इन्जिन भएको कान्छो हाइलक्स नेपाली बजारमा
  • Latest Cars
  • 0

२४ सय सिसी इन्जिन भएको कान्छो हाइलक्स नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

कतिपय गाडीहरू यस्ता छन् जो ब्राण्डको नामभन्दा मोडलको नामबाट परिचत छन्। तीमध्य एक हो टोयोटाको ‘हाइलक्स’। शक्तिशाली इन्जिनको लागि परिचित हाइलक्स उबड खाबड अफरोडको लागि उत्कृष्ट मानिन्छ। 

सन् १९८३ मा नेपाल भित्रिएको हाइलक्स आज पनि उत्तिकै लोकप्रिय छ। हाइलक्स हालसम्म ५ हजार ५ सयको हाराहारीमा बिक्री भइसकेको टोयोटाको लागि नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठले जानकारी दिए। ३७ वर्षको अवधिमा हाइलक्स विभिन्न स्वरुप, सिसीमा आए।

युनाइटेड ट्रेडर्स सिन्डिकेटले भर्खरै मात्र २४ सय सिसीको इन्जिन भएको कान्छो हाइलक्स नेपाली बजारमा ल्याएको छ। ‘२८ सय सिसीको हाइलक्सको मूल्य १ करोड १ लाख पर्थ्याे, यसको ८७ लाख ५० हजार पर्छ। कम मूल्यमा हाइकलक्स किन्न चाहनेलाई यो उत्कृष्ट छ । 

६ स्पिड म्यानुअल ट्रान्समिशन रहेको यो हाइलक्सले ३४०० आरपिएममा ११० किलोवाट पावर र १६०० देखि २००० आरपिएममा ४०० एनएम टर्क जेनेरेट गर्छ। ४ ह्विल ड्राइभको यो हाइलक्सको स्टेरिङमा कन्ट्रोल सिस्टम, स्मार्ट डोर लक, ५ ओटा सिट, ३ ओटा एयर ब्याग, एसी लगायतको सुविधा रहेको कम्पनीले जनाएको छ।

२२५ मिलिमिटर ग्राउण्ड क्लेयरेन्स रहेको यस पिकअपको ८० लिटर इन्धन भण्डारण रहेको छ। हाइलक्स विशेषगरी निमार्ण क्षेत्र, पहाडी भुभागमा सामान बोक्न, रफरोड लगायतको स्थानमा धेरै प्रयोग भएको । यो शक्तिशाली र आरामदायी भएको कारण लामोसमयसम्म पनि लोकप्रिय बनेको हो । कम्पनीले यसमा २० हजार किलोमिटर वा एक वर्ष वारेन्टी प्रदान गरेको छ।


Our latest comments