Home / Blogs / मारुती सुजुकीले सार्वजनिक ग-यो नयाँ इग्निस
  • Latest Cars
  • 0

मारुती सुजुकीले सार्वजनिक ग-यो नयाँ इग्निस

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकीले इग्निस फेसलिफ्ट अटो एक्सपो २०२०मा पेश गरेको थियो । नयाँ इग्निस हेर्दा एसयूभी जस्तो देखिन्छ । यसको रियर निकै फराकिलो रहेको छ । सो कारमा २६० लिटरको बुट स्पेस रहेको छ । यसमा ५ जना यात्रा गर्न सकिन्छ । सो कारको कर्ब तौल ८२५ देखि ८७० किलोग्राम सम्म रहेको छ । यसमा ३२ लिटरको फ्युल ट्यांकी रहेको छ । मारुती सुजुकी इग्निस २०२० ४ पावर ट्रिममा उपलब्ध रहेको छ । यसमा सिग्मा, डेल्टा, जेटा र अल्फा रहेको छ ।

नयाँ मारुती सुजुकी इग्निस २०२० मा बीएस६ कम्प्लायन्ट भएको १.२ लिटर, भीभीटी पेट्रोल इन्जिन रहेको छ । सो कारको इन्जिनले ८३ एचपीको पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल गियरबक्सको साथमा ५ स्पिड अटोमेटिक गियर सिफ्टको विकल्प पनि रहेको छ । सो कारको लम्बाई ३७०० एमएम, चौडाई १६९० एमएम र उचाई १५९५ एमएम रहेको छ र यसको ह्विलवेस २४३५ एमएम रहेको छ ।

इग्निस २०२० को डिजाइन र इन्टेरियर लेआउट पुरानो मोडल जस्तो रहेको छ । सो कारमा ७ इन्चको टचस्क्रिन र कम्पनीको नयाँ स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ । जसले भ्वाइस कमान्ड रिकग्निसन र अन बोर्ड नेभिगेसनलाई सपोर्ट गर्छ ।

मारुती सुजुकी इग्निसको २०२० सिग्मा, डेल्टा, जेटा, अल्फा, डेल्टा एजीएस, जेटा एजीएस र अल्फा एजीएसको क्रमशः मूल्य ४ लाख ८९ हजार, ५ लाख ६७ हजार, ५ लाख ८९ हजार, ६ लाख ७३ हजार, ६ लाख १४ हजार, ६ लाख ३६ हजार र ७ लाख २० हजार भारु रहेको छ । सो कार  ६ कलर भेरिएन्टमा उपलब्ध रहेको छ ।

Our latest comments