Home / Blogs / लुयान इन्नो-७ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Scooter
  • 0

लुयान इन्नो-७ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

लुयान इलेक्ट्रीकको नयाँ स्कुटर ‘इन्नो-७’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि लुयानको आधिकारीक विक्रेता जिरो इमिशन राइड एनले इन्नो-७ मोडल नेपाल ल्याएको जानकारी दिएको छ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधनको प्रयोग एकदमै बढिरहेको कारणले नेपालमा ‘इन्नो-७’ भित्राइएको कम्पनीले जनाएको छ । लकडाउन पश्चात् लुयान मोटोकर्पले ठूलो परिमाणमा अन्तर्राष्ट्रिय बजारमा इलेक्ट्रीक स्कुटर बिक्री तथा बितरण गर्दै आएको छ । 


लुयान इन्नो-७ इलेक्ट्रीक स्कुटरमा ८०० वाट पीक पावर भएको आयल कुल्ड मोटर दिइएको छ । सो इलेक्ट्रीक स्कुटरमा ४८ भोल्ट २४ एमम्पीयरको लिथिएम आयोन ब्याट्री दिइएको छ जुन ब्याट्रीलाई झिकेर परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ । एकपटक फुल चार्जमा सो इलेक्ट्रीक स्कुटरलाई ८० किलोमिटरसम्म गुडाउन सकिने छ । सो स्कुटरलाई घरमा फुल चार्ज गर्न ५ देखि ६ घन्टा लाग्ने छ । यसमा प्याडल एसिस्टको समेत सुविधा उपलब्ध रहेको छ ।

लुयानको इन्नो-७ मा एलइडी लाइट्स, एलइडी डीआरएल, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलसीडी डिस्प्ले, एन्टि थेफ्ट अर्लाम, एन्टि पंचर/रनफ्ल्याट टायर, चाइल्ड लक जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । डिजिटल स्पिडोमिटर रहेको सो स्कुटरमा अघिल्लो भागमा डिस्क र पछिल्लो भागमा ड्रम ब्रेक दिइएको छ । साथै यो स्कुटरमा किलेस स्टार्ट, थ्रोटल लक सेन्सर, लिक्वीड कुल्ड सिस्टम जस्ता टेक्नोलोजी उपलब्ध छन । सो स्कुटरमा १५५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ ।

ल्युयान इन्नो ७ इलेक्ट्रिक स्कुटरको नेपाली बजार मूल्य १ लाख ७३ हजार ९९९ रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरिएको छ । इन्नो ७ को टप स्पीड क्षमता २५ किलोमिटर प्रतिघन्टा रहेको छ जसले गर्दा सहरी क्षेत्रमा चढ्न धेरै नै उपयुक्त हुने कम्पनीले जनाएको छ । सो इलेक्ट्रीक स्कुटरमा केही नगद छुट समेत गरिएको कम्पनिले जनाएको छ ।

नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments