यामाहाको नयाँ मोडल एक्सएसआर १५५ नेपाल आउने सम्भावना

यामाहाको आधिकारीक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ मोडल ल्याइरहेको छ । कम्पनीले विश्व बजारमा चर्चामा रहेका एनम्याक्स, एक्सटीजेड, एमटी जस्ता मोडल नेपालमा बिक्री गर्दै आएको छ । यस्तोमा यामाहाको नयाँ मोडल एक्सएसआर १५५ नेपाल आउन सक्ने मोडलमा पर्छ ।

यामाहाले एक्सएसआर १५५ मा पावरफुल रिफाइन्ड १५५ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन दिएको छ । यसले १९ पीएस पावर र १४.७ एनएम टर्क उत्पादन गर्छ । यो इन्जिनको पावर २०० सीसी सेग्मेन्ट बराबर रहेको छ । साथै, यो बाइक सहर र हाइवे दुबै क्षेत्रमा संचालन गर्न निकै उत्कृट रहेकाले नेपाली ग्राहकले यसलाई निकै रुचाउने विश्वास गर्न सकिन्छ ।

बजारमा १५० देखि १६० सीसी क्षमताका मोटरसाइकल बीचमा निकै धेरै प्रतिस्पर्धा भइरहेको छ । यो इन्जिन क्षमताका नेकेड, एसएफ, स्ट्रीट फाइटरजस्ता बाइकहरु प्रसस्त रहेका छन् । तर, यामाहाको यो नयाँ बाइक रेट्रो स्टाइल बाइक हो । उक्त स्टाइलसँग बजारमा प्रतिस्पर्धा गर्ने अन्य धेरै बाइक छैन । नेपाली बजारमा रोयल इन्फिल्ड बाइक मात्रै रेट्रो स्टाइलमा रहेको छ । यदी एक्सएसआर १५५ यामाहाले नेपाली बजारमा ल्याउने हो भने त्यसले निकै राम्रो बजार पाउने संभावना रहेको छ ।

 यामाहा एक्सएसआर १५५ मूल्यका हिसावले आर १५ भी थ्री भन्दा केही कम हुन सक्ने देखिएको छ । यद्यपी उक्त नयाँ बाइकमा धेरैजसो पाटर्सहरु आर १५ भी थ्रीबाट नै लिइएको छ । यामाहाको यो रेट्रो स्टाइल मोटरसाइकल निकै फिचर प्याक रहेको छ । कम्पनीले यसमा फुल एलइडी हेडलाईट, फुल डिजिटल कन्सोल र फुल एलइडी टेलल्याम्प दिएको छ ।


Share Page

0 Comments

Write a comment

menu
menu