Home / Blogs / यामाहा एक्सएसआर१५५ नोभेम्बरमा सार्वजनिक हुने
  • Upcoming Bikes
  • 0

यामाहा एक्सएसआर१५५ नोभेम्बरमा सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

यामाहाले एक्सएसआर १५५ बाइक लन्च गरेको छ । कम्पनीले एक्सएसआर १५५ को बिक्री थाइल्याण्डमा शुरु गरिसकेको छ ।

युरोपेली बजारमा रेट्रो स्टाइल मोटरसाइकलको बिक्री उच्च रहेको छ । एसियाली बजारमा पनि रेट्रो स्टाइल मोटरसाइकलको विस्तारमा यामाहा लागि पर्ने भएको छ । यामाहाले आगामी नोभेम्बरमा इन्डोनेसियमा रेट्रो स्टाइल मोटरसाइकल यामाहा एक्सएसआर१५५ सार्वजनिक गर्ने भएको छ । 

यो मोटरसाइकल युरोपमा बिक्री हुँदै आएको एक्सएसआर ९०० र एक्सएसआर ७०० बाट प्रभावित रहेको बताइएको छ । होन्डा सीबी १५० आरसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यामाहा एक्सएसआर१५५ मा १ सय ५५ सीसी इन्जिन हुनेछ । उक्त इन्जिनले १९.३ पीए पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ ।

यामाहा एक्सएसआर१५५ मा राउड हेडल्याम्पलगायत युनिक विशेषता दिइएको छ । यो मोटरसाइकल इन्डोनेसियामा २०१९ को नोभेम्बरमा सार्वजनि गर्ने तयारी यामाहाले गरेको छ ।

मिडिया रिपोर्टका अनुसार कम्पनीले चाँडै नै अन्तराष्ट्रिय बजारमा पनि सो बाइक लन्च गर्नेछ, जहाँ कम क्षमता सेगमेन्टमा बाइकको माग बढी रहेको छ । नयाँ एक्सएसआर १५५ बाइक यामाहाको वाइजेडएफ–आर १५ भी३ प्लेटफर्ममा आधारित रहेको छ ।

नयाँ एक्सएसआर १५५ बाइकमा १५५ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ, जसले १९ बीएचपीको पावर र १४.७ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । सो बाइकमा ड्युअल च्यानल एबीएस, अलोय ह्वील्स, डिजिटल इन्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प्स र स्लिपर क्लच उपलब्ध रहेको छ ।

यसमा राउन्ड एलईडी हेडल्याम्प र ड्युअल टोन फ्युल ट्यांकी जडान गरिएको छ । बाइकमा ६ स्पिड गियरबक्स दिइएको छ । ड्युअल च्यानल एबीएस, अलोय ह्वील्स, डिजिटल इन्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प्स र स्लिपर क्लचले बाइकलाई प्रिमियम बनाएको छ । 


Our latest comments