Home / Blogs / सार्वजनिक हुने भयो यामाहा एमटी १५ को २०२२ भर्सन; नेपाल पनि आउने
  • Upcoming Bikes
  • 0

सार्वजनिक हुने भयो यामाहा एमटी १५ को २०२२ भर्सन; नेपाल पनि आउने

Nepal Auto Trader

Share this News

image

यामाहाले अब छिट्टै एमटी १५ को २०२२ भर्सन सार्वजनिक गर्ने भएको छ । सो बाइक नेपाली बजारमा पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ । यामाहाको बहुप्रतिक्षित मोटरबाइक एमटी–१५ को बीएस ६ इन्जिनयुक्त मोडल हाल नेपालमा बिक्री हुँदै आएको छ । यामाहा एमटी १५, एमटी सिरिजको सबैभन्दा कान्छो र यामाहा आर १५ भी ३ को ‘नेकेड स्ट्रिट फाइटर भर्सन’ हो । २०२२ एमटी १५ भर्सनमा धेरै फिचरहरु थप गरेर बजारमा उतारिने कम्पनीले जनाएको छ । यो मोटरसाइकल सुरुवात चरणमा भारतमा सार्वजनिक गरिने छ ।


एमटी १५ मा कुनै मेकानिकल परिर्वतन भने हुने छैन् । एमटी १५ मा १५५ सीसी लिक्विड कुल्ड ४ भल्भ भीभीए इन्जिन दिइएको छ जुन इन्जिनले १८.५ पीएस पावर तथा १३.९ एमएम टर्क जेनेरेट गर्दछ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ । यसको फ्युल इन्जेक्टेड इन्जिन यामाहा आर १५ भी ३ बाट आयात गरिएकोले यसमा पनि भीभीए (भेरिएबल भल्भएक्चुएसन) रहेको कम्पनिले जनाएको छ । सो बाइकको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, उचाई १०७० एमएम, ग्राउण्ड क्लियरेन्स १७० एमएम र १३३५ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १० लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ३० किलोमिटर माइलेज दिनेछ ।  


यामाहा एमटी १५ को २०२२ धेरै नयाँ आधुनिक फिचर दिने अनुमान गरिएको छ । यसमा ब्लुटुथ बेस कनेक्टिभिटी, कन्सोलमा ट्रयाक्सन कन्ट्रोल, गियर पोजिसन, गियर सिफ्टिङ टाइमिङ, राइडिङ मोड, ल्याप टाइमिङ, एभरेज माइलेज, एभरेज स्पीड, इन्जिन टेम्प्रेचर जस्ता बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा स्लिप असिस्ट क्लच, टर्विन एलइडी हेडल्याम्प, सिंगल च्यानल एबीएस, एलोइ हविल, एलईडी टेल लाइट र अल डिजिटल इन्स्टयुमेन्ट प्यानल लगाएतका फिचर्सहरु उपलब्ध हुने छन । यसमा कल अर्लट, एमएमएस अर्लट, इमेल नोटिफिकेसन, ब्याट्री लेभल, एप कनेक्टिभिटी स्टाटस जस्ता फिचर्सहरु पनि समाबेश हुने कम्पनीको भनाइ छ ।


अहिले नेपाली बजारमा उपलब्ध बीएस ६ इन्जिनयुक्त एमटी–१५ को मूल्य ४ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ भने नयाँ एमटी १५ २०२२ भर्सन नेपाली बजारमा सार्वजनिक भएपछी यसको मूल्य हालको मोडल भन्दा ४० हजार देखि ५० हजार रुपैयाँ सम्म वृद्धि हुने अनुमान गरिएको छ ।  नेपाली बजारमा यसको सिधा प्रतिश्पर्धा बजाज पल्सर एनएस २००, टीभीएस अपाचे आरटीआर २०० ४ भी र केटीएम २०० ड्युकसँग हुँदै आएको छ । यामाहाका अर्का दुई मोडल एफजेड–एक्स १५० र एफजेडएस भी ३ को २०२२ भर्सन पनि सार्वजनिक हुने सम्भव रहेको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments