एमटी १५ : गज्जबको लुक्स र आर्कषक डिजाइन , यस्ता छन् फिचर्स

यामाहा एमटी१५, एमटी सिरिजको सबैभन्दा कान्छो र यामाहा आर १५ भी३ को ‘नेकेड स्ट्रिट फाइटर भर्सन’हो। बहुप्रतिक्षित एमटी सिरिज अन्तरगत पहिलो बाइक नेपाल आयो, एमटी १५ । नेपालमा एमटी १५ सार्वजनिक भएकै दिन ठूलो समूहले कार्यक्रम स्थलमै चावी बुझ्यो । यसले नै झल्काउँथ्यो कि एमटी सिरिजको प्रतिक्षा नेपालमा कति ब्यग्र बनेको थियो । एमटी १५ लाई ‘द डार्क वारियर’ उपनाम दिइएको छ । यो वर्षको नाडा अटो शोमा एमटी १५ आकर्षणको केन्द्रमा नै रह्यो ।

१५५ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको यामाहा एमटी१५ ले १० हजार आरपीएममा १९.३ एचपी पावर र ८ हजार ५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पादन गर्छ। यसको मूल्य ४ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनी स्रोतले बताएको छ । यो डार्क ब्ल्याक र ब्लु कलरमा उपलब्ध हुनेछ । यामाहा एमटी–१५ मा १५५ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ ।  ६ गियरको ट्रान्समिसन दिइएको यो बाइक चेन ड्राइभ प्रबिधिमा संचालन हुने छ ।

एमटी १५मा ‘स्लिप असिस्ट क्लच’, टर्विन एलइडी हेडल्याम्प, सिंगल च्यानल एबीएस, एलोइ हविल, एलईडी टेल लाइट र अल डिजिटल इन्स्टयुमेन्ट प्यानल लगाएतका फिचर्सहरु समावेस छन्। यसको फ्युल ट्यांकलाई ‘शार्प डिजाइन’दिइएको छ र ट्यांकको अगाडिको भागलाई थोरै ‘एक्सटेन्ड’गरिएको छ। किराको आँखा जस्तो देखिने ट्विन हेडल्याम्प, विशेषखाले टेललाइट र इन्जिन राखिएको प्रष्ट देखिने फ्रेमले एमटी१५ लाई शुद्ध नेकेड स्ट्रिट फाइटर बनाएको कम्पनीको दावी छ। एमटी१५ को हेडलाइटले यसलाई अझ धेरै एग्रेसिभ देखाएको छ।

नेपालमा यसको सिधा प्रतिश्पर्धा बजाज पल्सर एनएस २००, टीभीएस अपाचे आरटीआर २०० ४भी र केटीएम २०० ड्युकसँग हुनेछ। जापानी मोटरसाइकल निर्माता यामाहाले एमटी सिरिजको उत्पादन सन् २००५ बाट गरेको थियो। ‘एमटी’को पूर्ण रुपमा‘मास्टर अफ टर्क’हो। एमटी सिरिजका मोटरसाइकल ‘पावर’का लागि प्रख्यात छ।  ३७ एमएमको यूएसडी र्फोक प्रिलोड एडजस्टेवल मोनोसक प्रयोग गरिएको बाइकको फ्रन्ट ह्वीलमा २६७ एमएमको रेडियल डिस्क ब्रेक तथा रियर ह्वीलमा २२० एमएमको रोटोर फ्लोटीङ क्यालीपर डिस्क ब्रेक उपलब्ध रहेको छ । 

यामाहा एमटी–१५ मा १० लिटरको इन्धन ट्यांकी, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ११०र७० टायर साइजका साथ १७ इन्च एलोई ह्विल र पछाडि १४०/७० साइजको टायर उपलब्ध छ । यसको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम र उचाई १०७० एमएम छ । यसको ह्विलबेस १३३५ एमएमको छ । यामाहा एमटी–१५ को सिटको उचाई ८१० एमएम, ग्राउन्ड क्यिरेन्स १६० एमएम र टर्निङ रेडियस २.४ मिटर छ । यसको वजन २८८ किलोग्राम छ । यसको टप स्पिड १३० किलोमिटर प्रतिघण्टा छ ।

Share Page

0 Comments

Write a comment

menu
menu