नेपाल भित्रने तयारीमा यामाहा एमटी-०३

जापानी मोटरसाइकल कम्पनी यामाहाले ‘एमटी’ अर्थात् ‘मास्टर अफ टर्क’ सिरिजको उत्पादन सन् २००५ बाट थालेको थियो । यो ‘लेजेन्डरी’ मोटरसाइकलमा १६७० सीसीको एयरकुल्ड भी-ट्विन इन्जिन लगाइएको थियो तर स्टाइल फ्रेम र सस्पेन्सन चाहिँ स्पोटर्स यानि नेकेड बाइक जस्तो थियो ।

पहिलो पुस्ताको एमटीमा यामाहा वारियर एक्सभी १७००को सुधि्रत इन्जिन राखिएको थियो भने र्फक र ब्रेक चाहिँ सन् २००४/०५ मा बनेका यामाहा आर१को राखिएको थियो ।

एमटीको ‘कन्सेप्ट’ सन् १९९९ मा टोकियो मोटर सोमा सार्वजनिक गरिएको थियो । हाई टर्क क्रसप्लेन इन्जिन, नेकेड बडी र एजाइल ह्यान्डलिङले गर्दा यो मोटरसाइकल निकै लोकपि्रय बन्यो । यो मोटरसाइकलमा लिनियर टर्क, एजाइलिटी र हाई पावर टु वेटलाई पूर्ण प्राथमिकता दिइएको छ । यामाहाको यो मोटरसाइकलले सडकमा नयाँ लुक, इनर्जी र एटिच्युड झल्काउँछ ।

यहिँ विरासतको निरन्तरता हो, एमटी०७, एमटी०५, एमटी०३, एमटी१२५ र पछिल्लो समयमा यामाहा एमटी१५ । केही महिनाअघि नेपालमा सार्वजनिक भएको यामाहाको ‘मोस्ट-अवेटेड’ मोटरसाइकल हो यो  ।

यामाहा वाइजेड एफआर थ्री मोटरसाइकलमा आधारित एमटी–०३ मोटरसाइकल नेपाली  बजारमा भित्रिने भएको छ । इन्डोनेशियामा बिक्री वितरण भैरहेको लाइटवेट नेकेड बडीको उक्त मोटरसाइकलको मूलय करिब ५-६ लाख पर्ने अनुमान गरिएको छ । 

यसमा आर थ्री उपलब्ध ३२१ सीसी लिक्वीड कुल्ड इन्जिन लगाइएको छ । यो इन्जिनले ४२ पीएस पावर र २९.६ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । यसको फ्रन्टमा कन्भेक्शनल टेलिस्कोपिक फर्क र रियरमा मनोशक लगाइएको छ ।

१६८ किलोग्रामको यो मोटरसाइकलको फ्रन्टमा २९८ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेक लगाइएको छ । यो मोटरसाइकलमा कम्प्याक्ट चेसिस, एलइडी हेडल्याम्प र आरथ्रीमा उपलब्ध अल डिजीटल युनिटको विशेषता दिइएको छ ।

Share Page

0 Comments

Write a comment

menu
menu