यामाहाले १५५ सीसी क्षमताको नयाँ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडव्लू इन्टरप्राइजेजले यामाहा एरोक्स १५५ म्याक्सी स्कुटरको नेपालमा बिक्री शुरु भएको पनि जनाएको छ । यामाहा एरोक्स १५५ देशभर रहेको डिलर नेटवर्कबाट खरिद गर्न सकिने यामाहाले जनाएको छ । केही महिनाअघि एरोक्स १५५ भारतीय बजारमा सार्वजनिक गरिएको थियो भने नेपाली बजारमा समेत सो स्कुटरको माग बढ्दै गएकाले यसलाई नेपाली बजारमा उतारिएको हो ।
यामाहा एरोक्समा १५५ सीसीको सिंगल सिलिन्डर, लिक्विडकुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १४.८ बिएच पावर र १४.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा यामाहाको भेरिएबल भल्व एक्चुएसन (भीभीए) टेक्नोलोजीको पनि प्रयोग गरिएको छ । सो स्कुटरमा डबल डिस्क ब्रेक र सिंगल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यो स्कुटरको फ्रन्टमा टेलीस्कोपीक सस्पेन्सन र रियरमा स्वीङ आर्म सस्पेन्सन पाउन सकिन्छ । एरोक्स १२० किलोमिटर प्रतिघन्टाको उच्चतम गतीमा हाँक्न सकिने कम्पनीले जनाएको छ ।
यामाहा एरोक्स १५५ को लम्बाई १९८० एमएम, चौडाई ७०० एमएम, उचाई ११५० एमएम, १३५० एमएम ह्वीलवेस र १४५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । स्कुटरको तौल जम्मा १२२ केजी रहेको छ भने सो स्कुटरमा ७९० एमएमको सिट उचाई दिइएको छ । सो स्कुटरमा ५.५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ३५-४० किलोमिटर माइलेज दिनेछ । यसको १४ इन्च अलोय रिममा ११०/८०-१४ र १४०/७०-१४ ट्युबलेस टायर रहेको छ । यसमा २३० एमएम फ्रन्ट डिस्क ब्रेकिङ सिस्टम दिइएको छ ।
यामाहा एरोक्स १५५ मा फुल एलइडी लाइट, एलईडी हेडल्याम्प, एलइडी डीआरएल, र ५.८ इन्चको एलसीडी डिस्प्ले जस्ता बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा यामाहा वाई–कनेक्ट फिचर दिइएको छ जसले स्कुटर मर्मत गर्ने समय, खरावीका सुचनाहरु, माइलेज, व्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरु ट्रयाक गर्न मद्दत गर्दछ । यसमा ड्युअल पर्पज टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ । सो स्कुटरमा कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिइएको छ ।
एमएडब्लयू इन्टरप्राइजेजले यामाहा एरोक्स १५५ को नेपाली बजार मुल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरु पनि भएको जनाएको छ । सो स्कुटर रेसिङ व्लू, ग्रे वर्मिलियन र मेटालिक व्लू गरी कुल तीन कलर अप्सनमा उपलव्ध रहेको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।