Home / Blogs / फक्सवागनले सार्वजनिक ग-यो दोस्रो एसयूभी टी–रक
  • Latest Cars
  • 0

फक्सवागनले सार्वजनिक ग-यो दोस्रो एसयूभी टी–रक

Nepal Auto Trader

Share this News

image

फक्सवागनले सन् २०२० मा सार्वजनिक गरिने एसयूभी मध्ये दोस्रो एसयूभीको रुपमा टी–रक सार्वजनिक गरेको छ । भारतीय बजारमा यसको सुरुवाती मूल्य १९ लाख ९९ हजार तोकिएको छ । यसको वितरण आगामी अप्रिल मध्यदेखि गरिने छ । फसवागन टी रक गत फेब्रुअरीमा सम्पन्न अटो एक्सपोमा पेश गरिएको थियो । सो एसयूभीको बजारमा जीप कम्पास र हुन्डाई टुसान तथा आगामी महिना सार्वजनिक गरिने स्कोडा करोकसँग प्रतिस्पर्धा हुनेछ ।

कम्पनीका अनुसार सो कार पेट्रोल इन्जिन अटोमेटिक गियरबक्समा मात्र उपलब्ध हुनेछ । यसमा १.५ लिटर टीएसआई इन्जिन समावेश गरिनेछ जसले १५० बीएचपीको पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसको साथै ७ स्पिड डीएसजी अटोमेटिक ट्रान्समिसन स्ट्यान्डर्डको साथमा उपलब्ध हुनेछ ।

सो कार निकै बोल्ड र स्टाइलिस देखिन्छ । कम्पनीले सो कार युवाहरुलाई ध्यानमा राखेर निर्माण गरेको हो । टी रकमा एलईडी हेडल्याम्प, एलईडी डीआरएल, ड्युअल टोन अलोय ह्विल, एलईडी टेलल्याम्प र रुफ रेल्स समावेश गरिएको छ ।

फक्सवागन टी रकको क्याविन निकै प्रिमियम रहेको छ । यसमा फ्ल्याट बटम स्टेयरिङ ह्विल, एपल कारप्ले र एन्ड्रोइड अटोको साथमा ८.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, २ जोन क्लाइमेन्ट कन्ट्रोल, लेदर सिट र प्यानोरामिक सनरुफ जस्ता फिचर रहेको छ ।

सुरक्षाको लागि सो एसयूभीमा ६ एयरब्याग, ईबीडीको साथमा एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, पार्क डिसेन्ट कन्ट्रोल, रियर पार्किङ क्यामेरा र सिट बेल्ट रिमाइन्डर जस्ता फिचर रहेको छ ।


Our latest comments