फक्सवागनको बहुप्रतीक्षित एसयूभी टी रकको सार्वजनिक हुने मिति तोकिएको छ । सो कार १८ मार्चमा लन्च गरिने छ । फक्सवागन टी रक हालै भएको अटो एक्सपोमा पेश गरिएको थियो । सो एसयूभी पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ । सो कारको नेपाली बजारमा जीप कम्पास र हुन्डाई टुसानसँग प्रतिस्पर्धा हुनेछ ।
कम्पनीका अनुसार सो कार पेट्रोल इन्जिन अटोमेटिक गियरबक्समा मात्र उपलब्ध हुनेछ । यसमा १.५ लिटर टीएसआई इन्जिन समावेश गरिनेछ जसले १४८ बीएचपीको पावर र २४० एनएम टर्क जेनेरेट गर्छ । यसको साथै ७ स्पिड डीएसजी अटोमेटिक ट्रान्समिसन स्ट्यान्डर्डको साथमा उपलब्ध हुनेछ ।
टी रकमा एलईडी हेडल्याम्प, एलईडी डीआरएल, ड्युअल टोन अलोय ह्विल, एलईडी टेलल्याम्प र रुफ रेल्स समावेश गरिएको छ । फक्सवागन टी रकको क्याविन निकै प्रिमियम रहेको छ । यसमा फ्ल्याट बटम स्टेयरिङ ह्विल, एपल कारप्ले र एन्ड्रोइड अटोको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, २ जोन क्लाइमेन्ट कन्ट्रोल, लेदर सिट र प्यानोरामिक सनरुफ जस्ता फिचर रहेको छ ।
सुरक्षाको लागि सो एसयूभीमा ६ एयरब्याग, ईबीडीको साथमा एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, पार्क डिसेन्ट कन्ट्रोल, रियर पार्किङ क्यामेरा र सिट बेल्ट रिमाइन्डर जस्ता फिचर रहेको छ । सो कार निकै बोल्ड र स्टाइलिस देखिन्छ । कम्पनीले सो कार युवाहरुलाई ध्यानमा राखेर निर्माण गरेको हो ।
PREVIOUS NEWS
NEXT NEWS