Home / Blogs / बजारमा नयाँ मोडलको स्कुटर सार्वजनिक गर्दै भेस्पा
  • Upcoming Bikes
  • 0

बजारमा नयाँ मोडलको स्कुटर सार्वजनिक गर्दै भेस्पा

Nepal Auto Trader

Share this News

image

पियाजियोले रेसिङ सिक्स्टीज स्कुटर १ सेप्टेम्बरमा बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । भेस्पा रेसिङ सिक्स्टीजको इन्टर्नल एसएक्सएल १५० मोडल जस्तो हुने रहेको जानकारी बाहिरिएका छन । नयाँ भेस्पा स्कुटरको ग्राफिक स्किम १९६० को रेसिङ लिभरिजबाट प्रभावित भएको छ भने सो स्कुटर मार्चमा सार्वजनिक गर्ने योजनामा थियो तर कोभिड १९ को कारणले आर्को महिना सार्वजनिक हुने भएको छ । 

सो नयाँ स्कुटरमा इन्डिकेटर माउन्टेड एप्रन, स्मोक्ड विन्डस्क्रिन, गोल्ड कलर्ड ह्विल्स समावेश गरिएको छ । यसको साथै स्कुटरमा यूएसबी चार्जर, अन्डर सिट लाइटको साथै रेड र गोल्ड ग्राफिक्सको साथमा ह्वाइट बेस कलर समावेश छ । साथै हेडलाइट, सराउन्ड मिररको साथमा एक्जस्ट क्यानमा मेट ब्ल्याक फिनिस गरिएको छ ।

भेस्पा रेसिङ सिक्स्टीज स्कुटरमा बीएस६ कम्प्लायन्ट १५० सीसी, थ्री भल्व, फ्युल इन्जेक्टेड इन्जिन समावेश छ । जसले ७६०० आरपीएममा १०.४ एचपीको पावर र ५५०० आरपीएममा १०.६ एनएमको पीक टर्क जेनेरेट गर्छ । सो स्कुटरमा अटोमेटिक सीभीटी गियरबक्स समावेश छ । यसको फ्रन्ट ह्वीलमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक समावेश गरिएको छ । ह्यान्डलिङको लागि यसमा सिंगल च्यानल एबीएस समावेश गरिएको छ ।

स्कुटरको फ्रन्टमा सिंगल साइडआर्म अब्जर्बरले सस्पेन्सनको काम गर्छ भने रियरमा ड्युअल इफेक्ट हाइड्रोलिक सक सस्पेन्सनले काम गर्छ ।  बीएस६ इन्जिन भएको एसएक्सएल १५० स्कुटरको मूल्य नेपाली बजारमा महँगो हुने अनुमान गरिएको छ । लिमिटेड एडिशनको कारणले सो स्कुटरको नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ ।


Our latest comments